अनलाइन भुक्तानी गर्दा भ्याटको १० प्रतिशत रकम फिर्ता हुने
काठमाडौँ । सरकारले रेस्टुरेन्ट, बार, होटल, लजमा नगदको सट्टा विद्युतीय माध्यमबाट शुल्क तिर्दा उपभोक्ताले भुक्तानी गरेको मूल्य अभिवृद्धि कर (भ्याट) को दश प्रतिशत रकम फिर्ता गर्ने भएको छ ।
आन्तरिक राजस्व विभागले आइतबार सूचना जारी...
अवैध लागूऔषधसहित तीन जना पक्राउ
काठमाडौँ । प्रहरीले कैलाली र झापाबाट अवैध लागूऔषध सहित तीन जना पक्राउ गरेको छ ।
जसमा, कैलाली, जानकी गाउँपालिका-७ उच्च गोलौरीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय २४ मिलिग्राम सहित २ जनालाई...
सुरुङमार्ग नजिक लेदोसहितको पहिरो, काठमाडौँ आउने सडक अवरुद्ध
काठमाडौँ । धादिङको नौबिसेस्थित सुरुङमार्ग नजिकै लेदोसहितको पहिरो जादा सडक दुवैतर्फ अवरुद्ध भएको छ ।
सोमबार अपराहन्न गएको पहिरोमा एउटा स्करपियो गाडीसमेत परेको थियो । धादिङ प्रहरीका अनुसार पहिरोमा मानवीय क्षति भने भएको छैन ।...
नक्कली प्रमाण पत्र पेश गरि नियुक्ति लिएको आरोपमा सव-इन्जिनियरविरुद्ध मुद्धा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि ज्ञान केन्द्र, डडेल्धुराको सव-इन्जिनियर पदमा कार्यरत लाल बहादुर बिकले झुट्टा तथा नक्कली शैक्षिक प्रमाण-पत्र पेश गरी नियुक्ति लिएको आरोपमा मुद्धा दायर गरेको छ ।
अख्तियारले बिकले सव-इन्जिनियर (करार) पदमा...
सरकारी कार्यालयको खाजा खाने समय ३० मिनेट
काठमाडौँ । सरकारले सरकारी कार्यालयको खाजा खाने समय ३० मिनेट तोकेको छ । यसअघि खाजा खाने समयमा सेवाग्राहीका काम रोकिएको गुनासो आएपछि सरकारी कार्यालयहरुको खाजा खाने समय ३० मिनेट कायम गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीले...
नेपाल प्रहरी र सशस्त्र प्रहरीका कानुनलाई समयानुकल परिमार्जनका लागि प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समयको माग र जनअपेक्षालाई सम्बोधन गर्ने गरी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी विद्यमान कानुनमा संशोधन विधेयक ल्याउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री निवास, वालुवाटारमा उपप्रधानमन्त्री एवं...
प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । आज बैठक अपराहन्न १ बजेका लागि बोलाइएको छ ।
आजको बैठकमा समितिको प्रतिवेदन पेश गर्ने र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विधेयक प्रस्तुत गर्ने कार्यसूची...
सत्ता साझेदार दलको बैठक आज बस्दै, के के छन् एजेण्डा ?
काठमाडौं । सत्ता साझेदार दलहरूको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार वर्तमान सत्तारूढ दलहरूको बैठक अपराह्न ४ बजे बालुवाटारमा बस्ने भएको हो ।
आइतबार साँझ प्रधानमन्त्री केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका...
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।
हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का...
आजको राशिफल: २०८१ भदौ २४ गते सोमबार
आजको राशिफल बि.सं.२०८१ भदौ २४ गते सोमबार ई.सं.२०२४ सेप्टेम्बर ०९ नेपाल सम्बत ११४४ ञंलाथ्व षष्ठी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं बर्षा ऋतु, भदौ शुक्ल षष्ठी, चन्द्रमा तुला राशिमा, विशाखा नक्षत्र, वैधृति योग, कौलव करण...