Home Blog Page 1044
काठमाडौं । विश्वभर फैलिएकाे काेराेना भाईरस (काेभिड-१९) बाट अहिलेसम्म २८ जना नेपालीको मृत्यु भएकाे छ । विभिन्न देशहरुमा कार्यरत नेपाली श्रमिक तथा ग‌ैरआवसीय २८ नेपालीकाे मृत्यु भएकाे एनआरएन जनाएको हाे । एनआरएनका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड –१९ उच्चस्तरीय समिति, स्वास्थ्य उपसमितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा १७, अमेरिकामा ८, संयुक्त अरब इमिरेट्समा दुई र आयरल्याण्डमा एक जनाको निधन भएको...
काठमाडौ । बसुन्धारा- सामाखुसी स्थित प्रहरीकाे महालक्ष्मी फ्युल सेन्टरमा पेट्रोलमा भेटिएको पानि चालकले मिसाएकाे पत्ता लागेकाे छ । शुक्रबार उक्त पम्पले थानकोट डिपाेबाट खरिद गरेकाे पेट्राेलमा ना४ख ३१५६ नम्बरका ट्याङकर चालकलेनै पानी मिसावट गरेकाे निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । उनका अनुसार पेट्रोलमा पानी मिसिएको घटनाका बारेमा निगम र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रतिनिधिले छानबिन गर्दा टयाङ्कर...
मनमा । बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या ४९ पुगेको छ। बहराइनको मनामास्थित नेपाली दुतावासका अनुसार थप २७ जना नेपालीमा कोरोना संक्रमण भएपछि संक्रमितकाे सङ्ख्या ४९ पुगेकाे पुष्टि गरेकाे हाे । यसअघि बहराइनमा २२ जना नेपालीमा काेराेना संक्रमण भएकाे पुष्टि भएकाे थियाे । त्यस्तै केहि समयअघि सल्मावाद स्थित एक क्याम्पमा १० जना नेपालीमा काेराेना संक्रमन देखिएकाे थियाे । बहराइनमा हालसम्म १७...
काठमाडौ । उदयपुरमा फेरि एक जना ६५ वर्षिया बृद्धमा काेराेना देखिएकाे छ । स्वास्थ्य मन्त्रालयकाे आधिकारिक वेवसाइटमा अध्यावधिक गरेको तथ्यांकअनुसार शनिबार एक जनामा कोरोना संक्रमण देखिएको जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमोयोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले उदयपुरमा थप एक जनामा सङ्क्रमण देखिएको बताए ।...
–रमेश लम्साल काठमाडौँ । माटोमा खेल्दाखेल्दै छविलाल मगरका हात र खुट्टा चर्चरी फुटेका छन् । रगत चुहिन मात्रै बाँकी छ । फुङ्ग उडेको अनुहार, वर्षौं ननुहाएको जस्तो कपाल र मैला कपडा । भित्र पसेका गाला अनि कमजोर शरीर । उमेर भने ५६ वर्ष । ललितपुरको झरुवाराशीमा रहेकोे बज्र इँटाभट्टामा काम गर्न सल्यानदेखि काठमाडौँ झरेका मगर पछिल्ला दिनमा काम नभएपछि खान...
  काठमाडौं । भुटानी अभिनेत्री उगेन छोदेन र पाईलट साेनाम ताेब्गे चार्टर्ड फ्लाइटमार्फत आफ्नो देश फर्किएका छन् ।उनीहरूलाई उद्धार गर्न शनिबार भुटानको सरकारी ध्वजाबहाक वायुसेवा ड्र्यक एयर काठमाडौं आएर फर्केको छ । उनी नेपाली फिल्म '२ नम्बरी'मा अभिनय गर्न ८० दिनअघि काठमाडौं आएकी थिइन् भने ववपाईलट साेनाम हिमालय एरलाईन्सका पाईलट हुन । उनीहरु दुई जनालाई मात्रै लिएर काठमाडौंबाट बिहान ९:०० बजे...
क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ८८ पुगेकाे छ । आज शनिबार थप २ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या ८८ "पुगेकाे हाे । गएकाे शुक्रबार पनि मलेसियामा २ जनाकाे मृत्यु भएकाे थियाे । हालसम्म मलेसियामा ५ हजार ३ सय ५ जनामा संक्रमण देखिएकाेमा ३ हजार १ सय २ जनाले स्वास्थ्य लाभ गरेका छन । ४१ जना गम्भीर बिरामी...
काठमाडौं, ६ वैशाख । समाजवादी पार्टीका सहअध्यक्ष तथा सङ्घीय सांसद राजेन्द्र प्रसाद श्रेष्ठले उपत्यकाका सहरहरूमा साना साना तर जोडिएका घरमा धेरै सङ्ख्यामा मानिसहरू बसी रहेकाले जीवन कष्टकर बनेको बताएका छन् । उनले भने, ‘दैनिक श्रम गरेर खाने गरिव, विपन्न, बेरोजगार र आस्रित परिवारहरूको दैनिक जीवन कष्टकर बनेको छ । राहत वितरणमा भीड भएर कतिपय स्थानमा झडपको सम्भावना बढेको छ ।...
काेराेनाभाइरस (काेभिड-१९) काे प्रयाेगशाला परिक्षणसम्बन्धि स्वास्थ्य मन्त्रालयकाे जानकारी ..
काठमाडौं । दाेस्राे काेराेना संक्रमित युवती डिस्चार्ज भएकी छन । फ्रान्सबाट आएकी ती युवती उपचारपछि निकाे भएर घर फर्केकी हुन । गत चैत चार गते फ्रान्सबाट कतारकाे दाेहा हुदै नेपाल आएका ती युवतीलाई चैत १० गते काेराेना संक्रमण पुष्टि भएपछि शुक्रराज ट्रपिकल तथा सरुवा राेग अस्पताल टेकुमा भर्ना गरिएकाे थियाे । उनले आफु शनिबार डिस्चार्ज भएकाे सञ्चारमाध्यमलाई जानकारी दिएकी छन...
- Advertisement -

POPULAR POSTS