काठमाडौं । लकडाउनकाे कारण मारमा परेको भन्दै ट्याक्सी व्यवसायीहरू सडकमा उत्रिएका छन् । मंगलबार उनीहरूले काठमाडौं प्रदर्शन गरेका हुन ।
ट्याक्सी व्यवसायीहरूले काम गर्न दिनु पर्ने, ऋण थपिँदै गएको, कर मिनाह गर्नुपर्नेलगायत विभिन्न मागहरू राख्दै सडकमा उत्रिएको बताएका छन । गत चैत ११ देखि सुरु भएको लकडाउनकाे कारण चरम आर्थिक अभाव र भोकले मर्ने अवस्था भएको भन्दै उनीहरूले ट्याक्सी व्यवसाय...
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीवीच शीतलनिवासमा भेटवार्ता भएको छ ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारम नेकपा स्थायी कमिटीको बैठकमा सहभागी हुनुपुर्व नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले राष्ट्रपतिसंग भेटवार्ता गरेका हुन ।
बुधबार, शुक्रबार र शनिबारकाे नेकपा बैठकमा सिमा सम्बन्धि एजेन्डामा छलफल भएकोमा आज मंगलबारकाे बैठकमा कोरोना महामारी र सरकारको भूमिकाबारे छलफल हुने कार्यसूची रहेकोले राष्ट्रपति भण्डारी...
दाङ।दाङको तुलसीपुर उपमहानगर स्थित टरिगाउँ विमानस्थलमा पाइलट विषय अध्ययन हुने भएको छ ।
उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेका अनुसार एयरपोर्टमा अन्तरराष्ट्रियस्तरको पाइलट विषय अध्ययनका लागि सम्भाव्यता अध्ययन पूरा भएको छ । अहिले अध्ययन पूरा भएकाले आवश्यक काम अघि बढाउन उपमहानगरपालिकाले पहल गरेको पाण्डेले बताएका छन ।
पाण्डेका अनुसार उक्त विमानस्थलमा अन्तरराष्ट्रियस्तरबाटै पाइलट ल्याएर जनशक्ति उत्पादन गरिने तयारी थालिएको । र धावनमार्गकाे निर्माणमा...
ऐजेन्सी । भारतले भारतमा प्रयोग गरिने करिब ५० भन्दाबढि चिनियाँ एपहरुमा प्रतिबन्ध लगाएको छ।
भारतीय गृहमन्त्री अमित शाहले सुरक्षाका कारण चीनसँग जोडिएका एपलाई प्रतिबन्ध लगाउने निर्णयलाई सोमबार सदर गरेपछि त्यहाँको सूचना प्रविधि मन्त्रालयले फोन कम्पनीहरुलाई यी एपलाई प्रतिबन्ध गर्ने आदेश दिएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन ।
समाचार अनुसार भारतले टिकटक र वि च्याटका अलावा युसी ब्राउजर, सेयरइट र बाइडु म्याप...
लघुकथा:- महाभूकम्प
दिपक खनाल अगम
अायाे,अायाे, भूकम्प अायाे, भूकम्प अायाे भन्दै अालीशान महलहरुबाट काेलाहल मच्चाउदै भेडाबाख्रा दाैडे झैं हुलका हुल मानिस नजिकैको खुल्ला ठाउँ खाेलाकाे किनारमा जम्मा भएँ । एक व्यक्तिले भन्याे, याे त महाभूकम्प हुनुपर्छ । अर्कोले भन्याे, हैन् ! ल हेर्नुस् त मोबाइल मात्र चार दशमलव पाँच रेक्टर स्केलकाे हाे ।
त्यहाँ खाेलाकाे किनारकाे एउटा सानाे छाप्रोमा खुरमाने र...
काठमाडौं । नेपालमा गएको २४ घण्टामा ४७६ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ४७६ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ ।
त्यस्तै सोमबार १२१ जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या ३ हजार १३४ जना पुगेका छन ।
यस्तै गएको २४ घण्टामा थप एकजनाको मृत्यु भएको छ । यो...
काठमाडौं । सरकारले जाजरकोटका नवराज विकलाई मरणोपरान्त पुरस्कार दिने भएको छ। नवराजलाई मन्त्रालयले २०७६ सालको भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कारका लागि छनोट गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता रूद्रसिंह तामाङले सोमबार जारी गरेको विज्ञप्तिमा जाजरकोटका नवराजलाई समाज सुधार अभियानतर्फ पुरस्कृत गर्ने निर्णय भएको उल्लेख गरिएको छ ।
जाजरकोटबाट रूकुम पश्चिम चौरजहारी नगरपालिका वडा नम्बर ८ की...
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण सोमबार पनि एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या ३ जना रहेकाे छ । गएको २ हप्तामा मलेसियामा कोरोनाकाे कारण कसैको पनि मृत्यु भएको छैन भने संक्रमित सङ्ख्यामा पनि उल्लेख्य कमी आएको तथ्यांकले देखाउछ ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२१ रहेकाे छ भने ८ हजार ६३७ जनामा संक्रमण पुष्टि भएको छ...
काठमाडौं । सोमबार मलेसियाबाट दुई चार्टर उडानबाट २ सय ९१ जना स्वदेश फर्किएका छन । उनीहरू हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्सको चार्टर उडानबाट स्वदेश फर्केका हुन ।
मलेसियाबाट प्राथमिकताका आधारमा नेपालीहरु स्वदेश फर्काउने क्रममा सोमबारका दुई चार्टर उडानमध्येबाट नेपाल एयरलाइन्सको उडानबाट १५२ जना र हिमालय एयरलाइन्सको उडानबाट १३९ जना नेपाली स्वदेश फर्किएको नेपाली राजदूतावास मलेसियाका द्धितीय सचिव महेश्वर त्रिपाठीले जानकारी...
काठमाडौ । सडक दुर्घटनामा परि बुवा गुमाएकी गम्भीर घाइते कमला बिकलाइ ओखलढुंगा एकता समाज मलेसियाले आर्थिक सहयोग गरेको छ ।
मलेसियामा रहेका ओखलढुंगा वासी नेपालीहरुको साझा संस्थाकाे रुपमा सक्रिय रहेको उक्त समाजले मेरुदण्ड समेत भाचिएर काठमाडौं स्थित हाम्स अस्पतालमा उपचाररत ओखलढुंगा जिल्ला चम्पादेवी गाउँपालिका निबासी कमला विकलाई ५४ हजार १० रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
गत माघ १३ गते ओखलढुंगाको...