काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको शुक्रबारको बैठक सकिएको छ। अर्को बैठक शनिबार बिहान बस्ने गरि बैठक सकिएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा भारतसँगको सीमा विवादबारे समिति सदस्यहरूले धारणा राखेकाे प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
प्रवक्ता श्रेष्ठका अनुसार आजको बैठकमा १८ जनाले बोलेका थिए। तीमध्ये परराष्ट्र मन्त्रीसमेत रहेका स्थायी समिति सदस्य प्रदीप ज्ञवालीले भारतसँग लिम्पियाधुराको...
काठमाडौं । दाङमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको पुष्टि भएको छ ।
दाङको घोराही नजिकै प्रहरीले अचेत अवस्थामा भेटेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याएको ती अन्दाजी २५-३० बर्षको विरामी महिलालाई चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।
मृत्युपछि उनको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका छन ।
उनका अनुसार ती महिलाको घरपरिवारको पहिचान...
अन्तराष्ट्रिय
कोरोना प्रकोप: मलेसियामा सुधारको क्रम जारी, पछिल्लो ११ दिनसम्म शुन्य मृत्यु
Himaltimes -
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण शुक्रबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या ६ जना रहेकाे छ । पछिल्लो ११ दिनसम्म पनि मलेसियामा कोरोनाकाे कारण कसैको पनि मृत्यु भएको छैन भने संक्रमित सङ्ख्यामा पनि उल्लेख्य कमी आएको तथ्यांकले देखाउछ ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२१ रहेकाे छ भने ८ हजार ६०६ जनामा संक्रमण पुष्टि भएको छ...
क्वालालम्पुर । मलेसियाबाट १८ नेपालीको शव र २ सय ५२ यात्रीसहित नेपाल एयरलाइन्सको चार्टर उडान मलेसियाबाट काठमाडौंको लागि उडेको छ ।
शुक्रबार दिउसो मलेसियाको स्थानीय समय अनुसार दिउसो ३ बजे उडेको नेपाल एयरलाइन्सको चार्टर उडानबाट २५२ जना नेपाली स्वदेश फर्केको र एकजना नेपालीको भने कम्पनीले कागजातमा गल्ती गरेको कारण रोकिएको नेपाली राजदुतावास मलेसिया स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार...
बागलुङ । जिल्लाको निसीखोला गाउँपालिका–६ का वडाध्यक्ष सूर्यबहादुर घर्तीलाई प्रहरीले पक्राउ गरेको छ । उनी ८६ किलो गाँजासहित पक्राउ परेका हुन ।
उनले घरमा लुकाईछिपाई गाँजा राखेको भन्ने सुराकीका आधारमा शुक्रबार बिहान उनल पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए।
इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीको नेतृत्वमा गएको प्रहरीको टोलीले वडाध्यक्ष...
काठमाडौ । मोरङमा स्कोर्पियोले ठक्कर दिदा तीन जनाको मृत्यु भएको छ । स्कोर्पियोले मोटरसाइकल र पैदल यात्रीलाई ठक्कर दिएको हो ।
बिहीबार राति आठ बजे मोरङको कानेखोला गाउँपालिका-७ स्थित सडकमा पथरीबाट इटहरीतर्फ जाँदै गरेको बा १४ च ९६४३ नम्बरको स्कोर्पियोले विपरीत दिशाबाट आएको मे १० प २७५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मानबहादुर राईले जानकारी...
काठमाडौं । काठमाडौंको टोखा स्थित एक पुरुषले आफ्नै श्रीमतीलाई चक्कु प्रहार गरि हत्या गरेका छन ।
टोखा नगरपालिका-३ बानियाटार हाईट बस्ने ४३ वर्षीय कृष्ण हरि बानियाँले आफ्नै ४० वर्षीया श्रीमती सलिना बानियाँ खड्कालाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।
कृष्ण हरिले चक्कु प्रहार गर्दा श्रीमतीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त भएपछि...
Flash News
शुक्रबार मलेसियाबाट दुई चार्टर उडान, शुक्रबार बिहान १४८ नेपाली स्वदेश फर्किए
Himaltimes -
क्वालालम्पुर । शुक्रबार बिहान मलेसिया १४८ जना नेपालीहरु स्वदेश फर्किएका छन । स्थानीय समयअनुसार बिहानको १० बजेको हिमालय एयरलाइन्सको उडानबाट उनीहरु स्वदेश फर्किएका हुन ।
शुक्रबार मलेसियाबाट दुई चार्टर हुने मिति तय भएको थियो । जसमध्ये बिहान हिमालय एयरलाइन्सको उडान र दिउसो ३ बजे नेपाल एयरलाइन्सको उडान , सोमध्ये हिमालय एयरलाइन्सले मलेसियाबाट १४८ यात्रुसहित उडान भरेको हो ।
उक्त चार्टर उडानको...
काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार एकैदिन १५ अन्तर्राष्ट्रिय उडानमा १३ सय नेपाली स्वदेश फर्किएका छन्।
बिहिवार विभिन्न मुलुकबाट चार्टर उडानमार्फत नेपालीहरु स्वदेश फर्केका हुन । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको नारिताबाट २४२ यात्रु र दुई बच्चा र कुवेतबाट १४९ यात्रु काठमाडौँ ल्याएको छ।
त्यस्तै हिमालय एयरलाइन्सले अबुदाबीबाट १५४ र दोहाबाट १५६ यात्रु काठमाडौँ ल्याएको विमानस्थलले जनाएको छ।...
लघुकथा: फाँसी
कुमुदप्रसाद शर्मा
दलवीर के गर्छन्, कसो गर्छन्, को कससँग सम्पर्क छ उनको - कसैलाई थाहा थिएन । सबैलाई थाहा छ, बाबुको पालामा त खान लाउन नै धौधौ थियो । ससुरालीले मद्दत गरे कि त ! भन्नलाई पनि ससुरा आफैं सुकुम्बासी हुन् रे । तर पनि सहरमा फ्ल्याट लिएर बसेका छन्, आफ्नै गाडि छ, सधैं सुट टाइ लगाएर...