क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण बुधबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या ६ जना रहेकाे छ ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२१ रहेकाे छ भने ८ हजार ५९६ जनामा संक्रमण पुष्टि भएको छ । ८ हजार २३१ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हालसम्मको तथ्यांक अनुसार मलेसियामा संक्रमितहरुमध्येबाट निकोहुनेहरु ९५ प्रतिशत रहेका...
काठमाडौं । बुधबार ६ सय २९ थप जनामा कोरोना संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार २४ घण्टामा ६ सय २९ जनामा कोरोना देखिएको हाे । योसँगै नेपालमा कुल संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ।
त्यस्तै गत २४ घण्टामा ११४ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्। यीसहित कुल २ हजार ३...
सुन्दर अनुहार , अग्लो ज्यान र कुशल अभिनयका साथ एक नवयौवना आजकल विभिन्न म्युजिक भिडियोमा झुल्किरहेकी छिन् । सामाजिक सञ्जालमा आकर्षक नृत्यका क्लिपहरू राखेर लाखौं शेयर भएकी पनि छिन् । उनी हुन् निवा खजुम ‘बिमला’ ।
पछिल्लो समयमा म्युजिक भिडियोहरूमा छाउँदै आएकी निवाले लकडाउनकै समयमा एउटा म्युजिक भिडियोमा काम गरिन् । जुन १५ मा सार्वजनिक भएको मोहन मगर र दीपा...
बाँके । हत्या, अपहरण, ज्यान मार्ने उद्योग, बम बिष्फोटन तथा फिरौति रकम माग गर्ने जस्ता अपराधिक कार्यमा संलग्न रही फरार रहेका डुडुवा गाउँपालिका-३ बस्ने ३१ वर्षीय धर्मा सिंह भन्ने राजेश कुमार यादवलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
विभिन्न अपराधिक क्रियाकलापमा संलग्न रहनुका साथै जिल्ला अदालत बाँकेबाट विभिन्न मितिमा कैद तथा जरिवाना भई फरार रहेका उनको खोजी गर्ने क्रममा...
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइइ) कक्षा १० ‘विद्यार्थी नतिजा, प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७’ जारी गरेको छ।
कोरोना महामारीका कारण बन्दाबन्दी जारीपछि स्थगित गत वर्षको उक्त परीक्षालाई सम्बन्धित विद्यालयको आन्तरिक मूल्याङ्कनलाई आधार बनाई ततिजा प्रकाशन गर्न बोर्डले सो कार्यविधि जारी गरेको हो।
विद्यार्थीको अन्तिम मूल्याङ्कनका लागि सम्बन्धित प्रधानाध्यापकको संयोजकत्वमा समिति गठन गर्ने र परीक्षाफल प्रकाशन नगरेसम्म गोप्य...
काठमाडौं । सवारी पास दुरूपयोग गरी यात्रुहरू ओसारपसार गर्ने दुई जना सवारी चालकहरुलाई महानगरीय प्रहरी वृत्त थानकोट तथा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले मंगलबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा नेपालगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख २२८५ नम्बरको बसका चालक बाँके कोहलपुर नगरपालिका-२ घर भएका ३७ वर्षीय सूर्य किरण कर्मचार्य रहेका छन । कर्मचार्यले भारतबाट आएका नेपालीहरूलाई विभिन्न जिल्लामा...
लघुकथा : बहुविवाह
रमेश सुबेदी
एकपटक सँगै काम गर्ने मोहन, हिमाल, रजनी, मेलिना र अरु पाँच जना एउटा सेनिमा हेर्न जाँदा बाटोमा राजेश भेटिएको थियो । साथीहरु एक्कासी भेट्दा आफू संग सँगै हिँडेको आमा र भाउजु भनेर चिनाएको थियो । हेर्दा राजेश भर्खरको हेन्डसम देखिन्थ्यो । उसको बोल्ने शैली र मुस्कानमा प्राय केटीहरु मरिहत्ते गर्थे । मिजासिलो र मिलनसार व्यक्तित्वले...
काठमाडौं । पूर्वयूवराज्ञी हिमानी शाह तीन महिना थाइल्यान्ड बसेर मंगलबार स्वदेश फर्केकी छिन् ।
मंगलबार नेपाल एयरलाइन्सको विमानबाट उनी स्वदेश फर्केको र उनीसँगै छोरा हृदयन्द्र पनि स्वदेश फर्केको स्रोतले जानकारी दिएको छ । थाइल्यान्डमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउन गरिएको नेपाल एयरलाइन्सको चार्टर उडानबाट अन्य नेपाली संगै उनी पनि फर्केकी हुन ।
बैंककमा अध्ययनरत छोराछोरीहरु भेट्न गएकी शाह लकडाउनका कारण नेपाल फर्कन...
Flash News
कोरोना संक्रमणको कारण मृत्यु हुनेको सङ्ख्या २४ पुग्यो, दैलेखमा थप एकको मृत्यु
Himaltimes -
काठमाडौ । नेपालमा कोरोना संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ । दैलेख दुल्लु नगरपालिका ३ का ४५ वर्षीय पुरुषको मृत्यु भएसंगै मृत्यु हुनेकाे संख्या २४ पुगेको छ ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले प्रदेश अस्पताल सुर्खेतमा उपचाररत पुरुषको सोमबार राति मृत्यु भएको बताए । मृतक क्षयरोग र दमको बिरामी रहेको उनले बताए...
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण मंगलबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या ३ जना रहेकाे छ ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२१ रहेकाे छ भने ८ हजार ५९० जनामा संक्रमण पुष्टि भएको छ । ८ हजार १८६ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हालसम्मको तथ्यांक अनुसार मलेसियामा संक्रमितहरुमध्येबाट निकोहुनेहरु ९५ प्रतिशत रहेका...