लघुकथा : माटोको माया
- नानि भारद्वाज
धेरै वर्ष भयो दिदीकोमा नगा'को ! यसपाला तिहारमा त जान्छु दिदीको घरमा ! भन्ने मनमा अायो। भिनाजुका पिता नै उहिल्यै बृटिश लाहुरे भई भारतका विभिन्न राज्यमा सरुवा हुँदै दोश्रो विश्वयुद्धको अन्त्यमा बर्मामा गई बसोबास गरेका थिए
काग तिहार मै नेपालबाट निस्केको म सोद्धै खोज्दै हली तिहारका दिन दिदीघर पुगें। लामो समय पछि भेटघाट हुँदा हामी...
ललितपुर । १५ वर्षीया कोशोरीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा ललितपुर महानगरपालिका-२६ सुनाकोठी बस्ने सर्लाही लालबन्दी घर भएका ३६ वर्षीय प्रेम बहादुर श्रेष्ठलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार श्रेष्ठले ती कोशोरीलाई मंगलबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि महानगरीय प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण शुक्रबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या ६ जना रहेकाे छ ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२१ रहेकाे छ । ८ हजार ५३५ जनामा संक्रमण रहेकाेमा ८ हजार ७० जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे...
काठमाडौं । विदेशमा अलपत्र नेपाली शवहरु नेपाल आउने क्रम सुरु भएको छ । नियमित उडान बन्द भएपछि आउन नकसकेका शवहरू धमाधम आउन थालेका हुन ।
लकडाउन अघि र लकडाउनको बीचमा विदेशमा मृत्यु भएका नेपालीहरुको शव लामो समय देखि विदेशमै रोकिएका थिए भने केहि उतै अन्तिम संस्कार गरिएको थियो ।
लकडाउनपछि विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउनका लागि भएको चार्टर्ड उडानबाट विदेशमै अड्किएका...
काठमाडौं । सरकारले रिक्त रहेको लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिईओ) पदका लागि दरखास्त आह्वान गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले एक सुचना जारी गर्दै योग्यता पुगेका इच्छुकले १५ दिन भित्र आवेदन दिन भनेको छ ।
कार्यकारि अधिकृतको लागि अर्थशास्त्र, व्यवस्थापन, वाणिज्यशास्त्र, कानुन, इन्जिनियरिङ वा विकाससम्बन्धी विषयमा कम्तिमा स्नातकोत्तर तह उत्तीर्ण गरी परियोजना विकास, सार्वजनिक खरिद, सार्वजनिक–निजी साझेदारी, लगानी प्रवर्द्धन, विकास...
काठमाडौं । नेपालको संविधान (दोस्रो संशोधन), २०७७ नेपाल राजपत्रमा प्रकाशन भएको छ।
प्रतिनिधिसभा र राष्ट्रिय सभा दुबै सदनबाट सर्वसम्मत संशोधन प्रस्ताव पारित भइसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार प्रमाणीकरण गरेकी थिइन्।
नेपालको संविधानको दोस्रो संशोधनको प्रस्तावनामा नेपालको संविधान (दोस्रो संशोधन), २०७७ तुरुन्त प्रारम्भ हुने उल्लेख छ।
प्रतिनिधिसभाले गत जेठ ३१ र राष्ट्रियसभाले यही असार ४ बिहिवार दुई तिहाइ बहुमतले पारित गरेपछि लागु गरिएको...
बझाङ । सुर्मा गाउँपालिका-२ गजौन बस्ने ३२ वर्षीय लोक बहादुर बोहरा र सोही ठाउँ बस्ने २१ वर्षीय निर्मला विसीलाई विभिन्न हातहतियार सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुको साथबाट लोड अवस्थामा रहेको एकनाले भरुवा वन्दुक १ थान, सोही बन्दुकको छर्रा २ सय ९३ थान, बारुदको डिब्बा ४ वटा, खुकुरी १ थान, हसिया १ थान, चक्कु १ थान, हतियार...
अत्तरिया । कैलालीमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
प्रहरीले गौरीगङ्गा नगरपालिकाकी १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा गौरीगङ्गा नगरपालिका–४ बस्ने वर्ष १९ का नवीन सावद र सोही ठाउँका वर्ष २० का चन्द्र सावदलाई पक्राउ गरेको जनाएको छ ।
पीडित बालिकाको बयानअनुसार बलात्कारको आरोपमा ती दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब...
photo file
ऐजेन्सी । भारत - चीन सिमा लदाखको गल्वान उपत्यकामा भएको सैन्य झडपमा चिनियाँ सैनिकको नियन्त्रणमा रहेका १० भारतीय सैनिकलाई चीनले रिहाइ गरेको छ ।
भारत -चीन सैनिक उच्च अधिकारीबीच भएको धेरै पटकको छलफलपछि ती १० भारतीय सैनिकहरूलाई बिहीबार साझ रिहा गरिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन ।
लदाखको गल्वान भ्यालीमा सोमबार राति सीमा विवादलाई लिएर दुबै सैनिकबीच हिंसात्मक झडप...
काठमाडौ । काेराेना कहर पछि मलेसियाबाट पहिलाे पटक चार्टर फ्लाईट हिमालयन एयरलाईन्सबाट बिहिवार ११७ जना नेपाली स्वदेश फर्केका छन् भने ३९ जना नेपाली डकुमेन्ट नमिलेपछि मलेसियन एयरपाेर्टमै राेकिएका हुन ।
उनीहरूलाई कम्पनीले अध्यागमन बिभागबाट लिनुपर्ने चेकआउट मेमो ( कम्पनीसंगको करार अवधि सकेर स्वदेश फर्कदा अनिवार्य लिनुपर्ने कार्यअनुमती रद्द प्रक्रिया ) नलिएपछि मलेसियामा रोकिएका स्रोतले बताएको छ ।
अहिले मलेसियाकाे अध्यागमन विभागकाे...