क्वालालम्पुर । मार्च १८ देखि ३१ सम्म नेपाल -मलेसिया नियमित उडान रद्द हुने भएका छन । नेपाली वायुसेवा कम्पनी नेपाल एरलायन्स र हिमालय एरलायन्सले सुचना जारि गर्दै सेवा बन्द गरेका हुन ।
मलेसियामा दिनदिनै सयौंको संख्यामा कोरोना भाइरसका बिरामी बढ्न थालेपछि मलेसियन सरकारले मार्च १८ तारिक देखि ३१ तारिकसम्मको लागि बाहिरी जनजीवनमा प्रतिबन्ध लगाउने घाेषणा गरिसकेको छ ।
मलेसियामा करिब ५...
काठमाडौं । मलेसियामा काेराेना भाईरस (काेभिड-१९ काे) संक्रमण बढेपछि त्यहाँको सरकाले सम्पूर्ण विदेशी कामदारलाई पनि स्थानीय सरह उपचार सेवा प्रदान गर्ने भएकाे छ । याे सुबिधा करिब ५ लाख नेपाली श्रमिकले पनि पनि उपयोग गर्न पाउने छन ।
मलेसियामा करिब ५ लाख बढि नेपाली श्रमिकहरु कार्यरत रहेकाे अाङकलन गरिदै अाईएकाे छ । ठुलाे सङ्ख्यामा रहेका नेपाली पनि काेराेनाबाट प्रभावित हुने...
Flash News
मलेसियामा काेराेनाका कारण मृत्यु हुने २ पुगे, आज मात्रै संक्रमितकाे सङ्ख्या १०७
Himaltimes -
क्वालालम्पुर । मलेसियामा काेराेना भाईरस (काेभिड-१९) का कारण अहिलेसम्म २ जनाकाे मृत्यु भएकाे छ । अाज मङगलबार मात्रै संक्रमितकाे सङ्ख्या १०७ जना थपिएका छन ।
मलेसियामा काेराेना संक्रमितकाे सङ्ख्या थपिएर हालसम्म जम्मा ६ सय ७३ जना रहेकाे वर्ल्डडाेमेटेरकाे रेकर्डमा उल्लेख गरिएकाे छ। रिपोर्ट अनुसार सामान्य अवस्थाका संक्रमितको सङख्या ६ सय ३२ र गम्भीर बिरामीको सङ्ख्या १० रहेकाे बताएको छ ।...
बारा । बारामा प्रहरीले करिब ३१ सय बढि घरेलुु मदिरा नष्ट गरेकाे छ । जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका, कोल्हवी नगरपालिका, फेटा गाउँपालिका लगायतका स्थानहरूमा घरेलु मदिरा उत्पादन गर्ने ८ वटा भट्टीबाट उक्त मदिरा प्रहरीले बरामद गरेकाे हाे ।
मदिरा उत्पादन तथा बिक्रीवितरण गर्ने भट्टिबाट करिब ३ हजार १ सय ६० लिटर कच्चा पदार्थ र करिब १ सय लिटर तयारी मदिरा...
काठमाडौं । विल तथा अन्य आवश्यक कागजात नभएको ३ सय ९८ ग्राम सुन सहित भारत मेन्दीपुर कलकत्ता दासपुर थाना घर भएका ४५ वर्षीय आशुतोष सेनापतीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग नागढुंगा तथा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले काठमाडौं चन्द्रागिरी नगरपालिका–२ नागढुंगास्थित चेक प्वाइन्टमा ना.१ ज ५०६० नम्बरको टाटासुमो चेक जाँच गर्ने क्रममा टाटा सुमोमा सवार...
काठमाडौं । अमेरिकामा मानिसमाथि कोरोनाभाइरसको खोपको पहिलो परीक्षण शुरु भएको छ । अमेरिकन सञ्चार संस्था तथा त्यहाँ स्थित नेपालीहरुका अनुसार चार जना विरामीलाई उक्त खोप दिइएको छ ।
खाेप मानिसहरूमा भन्दा पहिला जनवारमा परिक्षण गरिएकाे थियाे । खोपमा कोरोनभाइरस (कोभिड–१९) को संक्रमण गराउने भाइरसको हानी नगर्ने जेनेटिक कोड कपी गरेर तयार गरिएको बताएको छ । यसले कोभिड–१९ रोग भने लाग्दैन...
काठमाडौ । ‘तिमी तारेभीर’, ‘सिरानीले भिजायो कि’ जस्ता सदाबहार गीत गाएकी गायिका पवित्रा सुब्बा पुनः आफ्नै निर्माणमा ‘उकालीको गोरेटोहरुमा’ बोलको गीत लिएर आएकी छन् ।
‘शैली’ एल्बममा समावेश ‘उकालीको गोरेटोहरुमा’ गीतको म्युजिक भिडियोमा कला सुब्बाको निर्देशन, प्रकाश एसकेको सम्पादन रहेको छ भने क्यामेरामा मुकेश हुमागाईँ, सृङ्गारमा कविता तोलाङ्गी रहेका छन् ।
पवित्रा सुब्बा स्वयंको अभिनय रहेको उक्त म्युजिक भिडियो पवित्रा सुब्बा अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको हो ।
https://youtu.be/ngc13B5WSS0
विपिन राई
मलेसिया । दिनहु सयौंको संख्यामा कोरोना भाइरसका बिरामी बढ्न थालेपछि मलेसियन सरकारले मार्च १८ तारिक देखि ३१ तारिकसम्मको लागि बाहिरी जनजीवनमा प्रतिबन्ध लगाउने भएको छ ।
आजै मात्रै मलेसियाका प्रधानमन्त्री मुयाद्दिन यासिनद्धारा जनताको नाममा सम्बोधन गरी कोरोना भाइरसको महामारीका कारण यस कदम चाल्नु परेको बताए ।
बाहिरी जनजीवन प्रतिबन्धमा सामुहिक भेटघाट, धार्मिक, खेलकुद, सांस्कृतिक, सामाजिक कार्यक्रमहरु रहेका छन् भने अन्य...
नविन कार्कीकाे काराेनाका कारण मृत्यु भएकाे हाेईन
काठमाडौं । कैलालीका नविन कार्कीकाे काेराेनाकाे कारण मृत्यु भन्ने खबर गलत भएकाे पुुष्टि भएकाे छ । दक्षिण कोरियाका सुदुरपश्चिमेली नेपाली समाजका पुर्ब अध्यक्ष समेत रहेका कार्की काेराेनाकाे कारण नभई अन्य कारणले मृत्यु भएकाे भन्दै समाजले जानकारी पत्र सार्वजनिक गरेकाे छ ।
कौलाली लम्किचुवा नगरपालिका ६ निबासी नवीन कार्कीको नेपालगन्ज हस्पिटलमा निधन भएको खबरलाई केही...
काठमाडौं । कोरोना जोखिमप्रति काङ्ग्रेसले विशेष सतर्कताको अपिल गरेकाे छ । काङ्ग्रेसले सभापति शेर बहादुर देउवा द्धारा हस्ताक्षरित एक वक्तव्य जारि गर्दै यस्ताे अपिल गरेकाे हाे ।
काङ्ग्रेस वक्तव्य ..
कोरोना भाइरस अर्थात कोबिड १९ ले विश्वब्यापी रूपमा महामारीको रुप लिइसकेको स्थितिमा नेपालले अपनाउनु पर्ने सतर्कता बारे हामी सबै गम्भीर छौं । जोखिम सामना गर्न सरकारलाई हाम्रो सम्पूर्ण साथ रहने घोषणा...