काठमाडौं । सरकारले भारतद्वारा अतिक्रमित गरिएको लिम्पियाधुरा, लिपुलेकलगायत नेपाली भूभाग समेटेर नयाँ नक्सा तयार पारेको छ ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले भारतद्वारा मिचिएको लिम्पियाधुरा, लिपुलेकलगायत नेपाली भूमि समेटेर नयाँ नक्सा तयार पारिएको जानकारी दिइन् । नेपालको हालको नक्सामा भारतद्वारा मिचिएका ती भूमिलाई समावेश नगरिएकाले नागरिक स्तरबाट सकारको कडा आलोचना हुँदै आएपछि सरकारले ती भूमि समेटेर नयाँ...
बुटवल । रुपन्देहीमा घुस सहित वाडअध्यक्ष पक्राउ परेका छन । जिल्लाको सम्मरीमाइ गाउँपालिका ५ का अध्यक्ष श्रबण कुमार यादव ७० हजार रुपैयाँ घूस लिँदै गर्दा पक्राउ परेका हुन ।
चार किल्ला सिफारिस गर्न सेवाग्राहीसंग ७० हजार घूस मागेको जानकारी पछि अख्तितयार दुरुपयोग अनुसन्धान आयोग बुटवल शाखाको टोलीले घुस लिदै गर्दा बुधबार पक्राउ गरेको बताएको छ ।
अख्तियारको नियन्त्रणमा रहेका यादवमाथि थप...
Flash News
म लगायत सम्पुर्ण पूर्वप्रधानमन्त्रीहरुकाे सम्पत्ति छानबिन हाेस : पूर्वप्रधानमन्त्री भट्टराई
Himaltimes -
काठमाडौं । पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले सबै प्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् । संसदमा समय लियर बाेल्दै भट्टराईले यस्तो माग राखेका हुन ।
भट्टराईले प्रधानमन्त्रीकाे तेह्रथुमकाे प्रधानमन्त्रीको बुकुराे घर भन्दा गाेरखामा रहेकाे अाफ्नाे घर राम्राे भएकाे बताएका छन । उनले गाउँमा सानो झुप्रो भएकाहरुले कसरी काठमाडौंमा महल बनाए रु प्रधानमन्त्री केपी शर्मा ओलीको सम्पत्ति यति छिटो कसरी बढ्यो भन्दै प्रश्न...
काठमाडौं । सत्तारुढदल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० सचिवालयले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ।
याे निर्णयसँगै अब अर्थमन्त्री डा। युवराज खतिवडा राष्ट्रियसभाबाट बाहिरिने निश्चित भएकाे हाे । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मनोनित गर्ने एउटा कोटामा वामदेव राष्ट्रियसभामा लैजाने तयारी नेकपाले गरेकाे छ ।
२ वर्षे कार्यकालका लागि चुनिएका खतिवडाको कार्यकाल यही फागुनमा सकिँदैछ। अर्थमन्त्रीसमेत रहेका खतिवडा...
काठमाडौं । दिल्लीमा प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या २० पुगेको छ । हिजाे मङगलबार मात्रै एक जना सुरक्षाकर्मीसहित सात जनाको मृत्यु भएको थियाे ।
भारतको राजधानी दिल्लीमा नागरिकता संशोधन ऐनको विषयलाई लिएर भएको प्रदर्शनका क्रममा २० जनाको ज्यान गइसकेको छ भने १८९ जना घाइते भएकाे भारतीय सञ्चारमाध्यम जनाएका छन । हिंसात्मक प्रदर्शनलाई लियर मुख्यमन्त्री अरविंद केजेरिवालले सेना परिचालनको माग गरेका...
काठमाडौं । पश्चिमी न्यून चापीय वायुको प्रभावका कारण बुधबार देशभर आंशिकदेखि पूर्ण बदली रही के स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखा बबरमहलले जनाएको छ ।
अाज काठमाडौंकाे माैसममा केहि चिसाे बर्षातकाे सम्भावना देखिएकाे छ । उपत्यकामा आज बिहान मौसम खुले पनि साँझपख वर्षा हुने महासाखाले उल्लेख गरेकाे छ । पश्चिमी न्यून चापीय वायुको प्रभावका कारण देशका अधिकांश...
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बुधवार सुदूरपश्चिम प्रदेशको भ्रमणमा जादै छिन । राष्ट्रपति भण्डारीले तीन दिने भ्रमणका क्रममा बैतडीसहित सुदूरपश्चिमका पाँच जिल्लाका विभिन्न कार्यक्रमकाे उद्घाटन गर्ने बताएको छ ।
बुधबार कैलालीको धनगढीमा हुने विश्व नेपाली साहित्य महोत्सव, बिहीवार बैतडीको त्रिपुरासुन्दरी भगवती मन्दिरमा विशेष पूजाआजा र दशरथचन्द नगरपालिकाका तर्फवाट नागरिक अभिन्नदन गरिनेछ , भने साेहि ठाउँ नजिकै भीमदत्त पोलिटेक्निक इन्स्टिच्युटको नवनिर्मित...
भक्तपुर । भक्तपुरको जडिबुटी - सूर्यविनायक सडकखण्डमा अाजबाट लेन छुट्टयाईदै । यात्रुवाहक, मालवाहक लगायत कम गतिमा गुड्ने सवारीसाधन र उच्च गतिमा गुडने सवारी साधनकाे लागि सडक लेन छुट्याइने भएको हाे ।
उपत्यकाको सडक तथा ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यले नयाँ व्यवस्था गर्न लागिएको हो । उपत्यकाको सवारी आवागमन सहज बनाउन तथा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय चलनअनुसारकाे सूर्यविनायकदेखि जडीबुटीसम्मको सडकखण्डमा...
काठमाडौं । मिस नेपाल २०२० काे खोजी सुरु भएको छ । आयोजक हिडन ट्रेजरले आवेदन खुल्ला गर्दै नयाँ मिस नेपालको खोजी सुरु गरेको हो ।
छनौट चरणको अडिसन काठमाडौं, धनगढी, नेपालगन्ज, बुटवल, पोखरा, चितवन, वीरगन्ज, धरान, बिर्तामोड लगायत ९ शहरमा हुने अायाेजकले बताएको छ । प्रतियोगितामा १९ वर्षदेखि २६ वर्षसम्मका, ५।४ इन्च हाइट भएका अबिवाहित नेपाली युवतीले माात्र सहभागि हुन...
काठमाडौ । मङगलबार चलिरहेको संसद बैठकमा बाेल्ने बिपक्षी दलका अधिंकास सांसदहरुले सरकारलाई बिभिन्न प्रश्न गरेका छन ।
संसद बैठकमा बाेल्दै सांसद तथा काङ्ग्रेस नेता गगन थापाले प्रधानमन्त्री ज्यु तपाईं पार्टीको स्वास्थ्यका लागि राष्ट्रकाे स्वास्थका लागि तपाईं गईदिनुहाेस , स्वास्थ लाभका सुभकामना भन्दै प्रधानमन्त्रीको राजिनामा प्रति ईन्गित गरेका छन थापाले गाेकुल बास्काेटा कमिसन काण्ड , यति हाेल्डिङसकाे ठेक्का सम्झौता , प्रधानमन्त्रीकाे...