Photo:file
काठमाडौं । नेपाली काँग्रेसले राष्ट्रिय सभाका लागि १६ जना उम्मेदवारको नाम टुङ्गो लगाएको छ। शनिबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको बूढानिलकण्ठस्थित निवासमा बसेको पदाधिकारी बैठकले उम्मेदवारहरुको नाम टुंग्याएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
काँग्रेस र समाजवादीबीच प्रदेश २ मा ४ पदमा एक आर्कालाई सहयोग गर्ने सहमति भईसकेकाे छ । यधपी बैठकमा सस्थापन पक्षकाे मात्रै उपस्थिति रहेकाे बताएकाे छ ।
राष्ट्रियसभाका एक...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलमा रुपान्तरण गर्नेे । यसक्रममा शनिबार विमानस्थलको आगमन क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरिएको छ ।
संस्कति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले प्रतीमाको अनावरण गरेका छन् । शनिबार स्थापित प्रतीमा करिब एक टन तौलको छ । प्रतीमाको माथिल्लो भागमा अंग्रेजीमा ‘भगवान बुद्धको जन्मभूमि’मा स्वागत छ भन्ने लेखिएको छ ।
काठमाडौं । सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले होटल, लज, रेष्टुराँ बार तथा पदप्रदर्शकका लागि नयाँ मापदण्ड तोकेको छ । जसमध्ये होटल, रिसोर्ट, पर्यटक इन, पर्यटक लज, मोटेल तथा बेड एन्ड ब्रेकफास्ट (बी एन्ड बी)हरुको वर्गिकरण र मापदण्ड निर्धारण गरेको हो ।
होटलको मेनुमा कम्तीमा २५ प्रतिशत नेपाली रैथाने खानाका परिवकार उपलब्ध हुने व्यवस्था हुनुपर्नेछ भने नेपालमा उत्पादित खाद्य वस्तुको...
काठमाडौं । शनिबार बेलुकीपखबाट देशभरीकै मौसममा सुधार अाउने माैसम पूर्वानुमान महाशाखाले पर्क्षेपन गरेको छ । दिउँसो र साँझपख भने केही स्थानमा वर्षा हुने महाशाखाले जनाएको छ ।
पश्चिमी न्यून चापीय वायुको प्रभावले केही दिनयता पहाडी भागमा वर्षा तथा हिमाली भागमा भारी हिमपात भइरहेको छ । महाशाखाका अनुसार, शनिबार बेलुकीपखबाट यो क्रममा सुधार आउने छ ।
पाडाउङ । इन्डोनेसियामा संसारको सबै भन्दा ठूला फुलहरु मध्य एक राफ्लसिया काे नमूना भेट्टाएका छन ।ईन्डाेनेसियाकाे संरक्षणवादीहरूकाे दावि अनुसार राफ्लसिया नामक संसारकाे ठुलाे फुल काे नमुना ईन्डाेनेसियामा फेरि भेटिएकाे हाे ।
विशाल पत्रहरु , राताे मासुको जस्ताेकाे पत्रहरुमा सेता छालाकाे जस्तो दागहरूकाे पंखाेयली भएकाे यस फुलकाे ब्यास १११ सेन्टिमिटर रहेकाे बताएकाे छ ।
याे भन्दा अगाडि १०७ सेमी पश्चिमी सुमात्रा जङगफमा...
धनकुटा : सहिद रिदामाहाङ-रामालिहाङ महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले जितेको छ।
शुक्रबार धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा सम्पन्न फाइनलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई पेनाल्टी सुटआउटमा ३-१ गोलले पराजित गर्दै आर्मीले उपाधि जितेको हो।
उपाधिसँगै आर्मीले नगद दुई लाख रुपैयाँ प्राप्त गर्यो। उपविजेतामा सीमित एपीएफले एक लाखमा चित्त वुझायो।
काठमाडौं –सरकार संग सहमति भएपछि आन्दोलनरत किसानले आन्दोलन स्थगित गरेका छन् । सरकार र आन्दोलनरत उखु किसानबीच पाँचबुँदे सहमति भएको छ। शुक्रबार उद्योगमन्त्री लेखराज भट्टको उपस्थितिमा भएको वार्तामा किसानको बक्यौता भुक्तानी र समस्याको दीर्घकालीन समाधानका लागि सरकारले गृहकार्य गर्नेगरी सम्झौता भएको हो।
सहमतिमा माघ ७ गतेभित्र किसानको बक्यौता रकम भुक्तानी गर्ने र त्यसको जिम्मा मन्त्रालयले लिने, उखुको उत्पादकत्व बढाउन किसानलाई...
काठमाडौ । राष्ट्रियसभा चुनावकाे लागि काङ्ग्रेस र समाजवादी पार्टी नेपाल चुनावी तालमेल गर्ने सहमति गरेका छन ।
राष्ट्रियसभा चुनावमा प्रदेश २ मा हुने ४ पदको चुनावका लागि कांग्रेसले महिला, अल्पसंख्यक र समाजवादीले दलित र अन्य पदमा तालमेल गर्ने सहमति भएको समाजवादी पार्टीले जानकारी दिएकाे छ ।
काठमाडौं । वर्षाका कारण शहीद स्मारक ए डिभिजन लिगका शनिबार र आइतबारका खेल स्थगित भएका छन् ।
शुक्रबार काठमाडौंमा पानी परेपछि खराब मौसमका कारण लिगका बाँकी खेल दुई दिन पछाडि सारिएको अखिल नेपाल फुटबल संघले जानकारी दिएकाे छ । अहिलेसम्म चाैथाे चरणका २८ खेलहरु सम्पन्न भएका छन ।
photo: file
कश्मीर । भारतको जम्मू–कश्मीरमा आतंकवादी हमलामा मारिएका भारतीय सेनामा कार्यरत नेपाली नागरिक अर्जुन थापामगरको उच्चसम्मान सहित अन्त्येष्टि गरिएकाे छ । शुक्रबार भारतकै पश्चिम बंगालस्थित बागडोगरा सैनिक क्याम्पमा उच्च सम्मानका साथ अन्त्येष्टि गरिएको हाे ।
राइफलम्यान मगरको शव भारतीय सेनाको विशेष जहाजबाट बिहीबार साढे ४ बजे बागडोगरा ल्याइएको थियो। मगरका बुवा र श्रीमती सरिता लगायत परिवार बागडोगरा क्याम्पमा पुगेका थिए...