धनकुटा : सहिद रिदामाहाङ-रामालिहाङ महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले जितेको छ।
शुक्रबार धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा सम्पन्न फाइनलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई पेनाल्टी सुटआउटमा ३-१ गोलले पराजित गर्दै आर्मीले उपाधि जितेको हो।
उपाधिसँगै आर्मीले नगद दुई लाख रुपैयाँ प्राप्त गर्यो। उपविजेतामा सीमित एपीएफले एक लाखमा चित्त वुझायो।
काठमाडौं –सरकार संग सहमति भएपछि आन्दोलनरत किसानले आन्दोलन स्थगित गरेका छन् । सरकार र आन्दोलनरत उखु किसानबीच पाँचबुँदे सहमति भएको छ। शुक्रबार उद्योगमन्त्री लेखराज भट्टको उपस्थितिमा भएको वार्तामा किसानको बक्यौता भुक्तानी र समस्याको दीर्घकालीन समाधानका लागि सरकारले गृहकार्य गर्नेगरी सम्झौता भएको हो।
सहमतिमा माघ ७ गतेभित्र किसानको बक्यौता रकम भुक्तानी गर्ने र त्यसको जिम्मा मन्त्रालयले लिने, उखुको उत्पादकत्व बढाउन किसानलाई...
काठमाडौ । राष्ट्रियसभा चुनावकाे लागि काङ्ग्रेस र समाजवादी पार्टी नेपाल चुनावी तालमेल गर्ने सहमति गरेका छन ।
राष्ट्रियसभा चुनावमा प्रदेश २ मा हुने ४ पदको चुनावका लागि कांग्रेसले महिला, अल्पसंख्यक र समाजवादीले दलित र अन्य पदमा तालमेल गर्ने सहमति भएको समाजवादी पार्टीले जानकारी दिएकाे छ ।
काठमाडौं । वर्षाका कारण शहीद स्मारक ए डिभिजन लिगका शनिबार र आइतबारका खेल स्थगित भएका छन् ।
शुक्रबार काठमाडौंमा पानी परेपछि खराब मौसमका कारण लिगका बाँकी खेल दुई दिन पछाडि सारिएको अखिल नेपाल फुटबल संघले जानकारी दिएकाे छ । अहिलेसम्म चाैथाे चरणका २८ खेलहरु सम्पन्न भएका छन ।
photo: file
कश्मीर । भारतको जम्मू–कश्मीरमा आतंकवादी हमलामा मारिएका भारतीय सेनामा कार्यरत नेपाली नागरिक अर्जुन थापामगरको उच्चसम्मान सहित अन्त्येष्टि गरिएकाे छ । शुक्रबार भारतकै पश्चिम बंगालस्थित बागडोगरा सैनिक क्याम्पमा उच्च सम्मानका साथ अन्त्येष्टि गरिएको हाे ।
राइफलम्यान मगरको शव भारतीय सेनाको विशेष जहाजबाट बिहीबार साढे ४ बजे बागडोगरा ल्याइएको थियो। मगरका बुवा र श्रीमती सरिता लगायत परिवार बागडोगरा क्याम्पमा पुगेका थिए...
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी -नेकपा)ले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरुकाे टुंगो लगाएको छ ।
शुक्रबार बसेको सचिवालय बैठकले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ लाई पनि गण्डकी प्रदेशबाट उम्मेदवार बनाएकाे छ ।
त्ययस्तै प्रदेश १ मा महिलाबाट इन्दु गौतम, दलितबाट गोपी अछामी र अन्यबाट देवेन्द्र दाहाल उम्मेदवार भएका छन् । प्रदेश २ मा महिलाबाट तुलसा दाहाल र दलितबाट राधेश्याम पासवान तथा प्रदेश...
एजेन्सी । चर्चित भारतीय क्रिकेट टोलीका अलराउण्डर हार्दिक पाण्डयाले आफ्नो प्रेमीकासँग इंगेजमेन्ट गरेको खबर बाहिर आएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार २६ बर्षे पाण्डयाले मुम्बईमा बसोबास गरिरहेकी सर्बियन मूलकी नायीका, मोडल तथा डान्सर नताशा स्टानकोविचसँग बर्ष २०२० को नयाँ बर्षमा इंगेजमेन्ट गरेका हुन् ।
पाण्डयाले हालै ईन्ष्टाग्राममा सार्वजनिक गरेको नयाँ तस्विरमा उनले प्रेमीका नताशासँग क्रुजमा छुट्टी मनाइरहेको देखिन्छ । साथै तस्विरमा...
काठमाडौं । आज देशभर मौसम बदली भइ केही स्थानमा वर्षा र हिमपात हुने मौसमविदले बताएका छन् । अहिले काठमाडौं उपत्यकासहित देशभरको आकास बादलले ढाकेको छ ।
देशभर नै अहिले माैसम बदलीको अवस्था छ । पानी पर्ने सम्भावना पनि छ । काठमाडौंमा हल्का पानिका छिटाा परि रहेकाे छ ।
शुक्रबार रातिसम्मै उच्च पहाडी तथा हिमाली भागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा...
काठमाडौं । अमेरिकी सेनाको हवाई आक्रमणमा परेर इरानी कुद्स फोर्सका प्रमुख जनरल मारिएकाेे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
सञ्चारमाध्यमका अनुसार राष्ट्रपति डोनल्ड ट्रम्पको निर्देशनमा बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार विहानै भएको आक्रमणबाट फोर्सका प्रमुख कासिम सोलेमानी मारिएको अमेरिकी रक्षा विभागले जनाएको उल्लख गरेका छन । ।
अमेरिकी रक्षा विभागका अनुसार सोलेमानी आतंकवादी घोषित हुन । विदेशस्थित अमेरिकी सेना माथिको विभिन्न हमलामा सोलेमानीको...
काठमाडौं । ताइवानका सेना प्रमुख जनरल यी मिंगको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ ।
उत्तरी ताइवानमा बिहीबार बिहान सेनाको यूएच ६० एम हेलिकोप्टर दुर्घटनामा ताइवानी सेना प्रमुखसहित ८ जनाको मृत्यु भएको हो ।
सेना प्रमुखसहित शीर्ष सैन्य अधिकृतको टोली निरीक्षणमा गएका वेला दुर्घटना भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । हेलिकोप्टरले उत्तरी नाइवानमा आपतकालीन अवतरण गरेको थियो ।