Home Blog Page 2
काठमाडौँ । नेपालले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । टी-२० विश्वकप खेल्ने नेपाली टिममा रोहितकुमार पौडेल (कप्तान) आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल,...
काठमाडौँ । इलाम-२ मा नेकपा एकीकृत समाजवादी र राप्रपाको लज्जास्पद हार भएको छ । यस उपनिर्वाचनमा उम्मेदवार बनेका एकीकृत समाजवादीका उम्मेदवार जीत बहादुर राईले ४०८ मत मात्र प्राप्त गरेका छन् । इलाम एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको गृह जिल्ला समेत हो । उनी यस चुनावका लागि पार्टीबाट चुनावी कमान्डरसमेत तोकिएका थिए । तर चुनावमा जमानत जफत मात्र भएन लज्जास्पद...
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी पहाडी भू-भागमा आंशिक बदली र देशका अन्य भू-भागमा  मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । देशको पहाडी भू-भागका एक-दुई स्थानमा...
काठमाडौं । इलाम- २ मा  नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो मतान्तरसहित विजयी भएका छन् । सुहाङले २७ हजार ७७२ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका डम्बर खड्का २१ हजार ९४२ मत प्राप्त गरेका छन् । त्यसैगरी पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले ११ हजार ४५७ मत प्राप्त गरेका छन् । त्यसैगरी रास्वपा मिलन लिम्बुले...
काठमाडौं । इलाम- २ मा  नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो मतान्तरसहित विजयी भएका छन् । सुहाङले २७ हजार ७७२ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका डम्बर खड्का २१ हजार ९४२ मत प्राप्त गरेका छन् । त्यसैगरी पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले ११ हजार ४५७ मत प्राप्त गरेका छन् भने रास्वपा मिलन लिम्बुले ५०५०...
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया आफ्नो नागरिकताका विषयमा अनुसन्धान गर्न चुनौती दिएका छन् । एक विज्ञप्ति जारी गर्दै सिरोहियाले शंका लागेमा नागरिकता बारे अनुसन्धान गर्न चुनौती दिएका हुन् । धनुषा जिल्ला प्रहरी कार्यालयमा नागरिकता कीर्ते रहेको भन्दै उजुरी दर्ता भएपछि उनले आफ्नो नागरिकताबारे स्पष्ट गर्दै शंका लागे अनुसन्धान गर्न चुनौती दिएका छन् । उनले भनेका छन्- 'मैले २०३४...
काठमाडौं । इलाम–२ मा भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङले ६ हजार ४ सय ३९ को अग्रता लिएका छन्। पछिल्लो मत परिणामअनुसार एमालेका नेम्बाङले १९ हजार १ सय १४ मत प्राप्त गरी अग्रता कायमै राखेका हुन्। नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १२ हजार ६ सय ७५ मत प्राप्त गरेका छन्। स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू थेगिमले नौ हजार...
काठमाडौँ । बझाङको प्रदेश सभामा एमालेका दमन बहादुर भण्डारी विजयी भएका छन् । यस अघि कांग्रेस विजयी भएको यस क्षेत्रमा यस पटक एमाले विजयी भएको छ । एमालेका भण्डारीले ११ हजार ६१३ मत प्राप्त गरेर विजयी भएका छन् । त्यस्तै उनका निकटम प्रतिद्वन्दी कांग्रेसका अभिषेक बहादुर सिंहले ११ हजार ३४६ मत प्राप्त गरे । यस निर्वाचनमा माओवादी केन्द्रका जनक बहादुर बुढाले...
बझाङ । बझाङ प्रदेशसभा 'क'मा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी भएका छन्। नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै भण्डारी विजयी भएका हुन्। भण्डारीले ११६१२ मत ल्याएर विजयी हुँदा कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ११३४६ मतमात्र प्राप्त गरे। नेकपा माओवादी केन्द्रका जनक बुढाले ३८३१ मत ल्याए भने एकीकृत समाजवादीका दिलबहादुर सिंहले २५१४ मत ल्याएका छन्।
मोहम्मद हबिब, भैरहवा । विगत एक सातादेखि बढेको अत्यधिक गर्मीका कारण भैरहवालगायत तराइका जिल्लाको जनजीवन अस्तव्यस्त बनेको छ। भैरहवामा तापक्रम बढ्दै जान थालेपछि जनजीवन कष्टकर बन्दै गएको हो। वायुमण्डलीय तापक्रममा वृद्धिसँगै निरन्तर तातो हावा आउनुले सर्वसाधारणलाई घरबाहिर निस्किनसमेत समस्या भएको छ। अत्यधिक गर्मीले बजार, शैक्षिक संस्था, सरकारी कामकाजका प्रभावित भएको छ भने सर्वसाधारणलाई घरबाहिर निस्किनसमेत समस्या भएकोले दैनिक कार्यमा प्रभावित बनेको...
- Advertisement -

POPULAR POSTS