Home Blog Page 3
धनगढी । कैलालीबाट ज्यान मार्ने उद्योगका फरार अभियुक्त पक्राउ परेका छन्। ज्यान मार्ने उद्योग मुद्दामा १ वर्ष १० महिना ९ दिन कैद सजाय तोकिएको घोडाघोडी नगरपालिका-१० बस्ने २२ वर्षीय राज कुमार चौधरी पक्राउ परेका हुन्। जिल्ला अदालत कैलालीको मिति २०८१ असार २८ गतेको फैसलाले दोषी ठहर गरेपछि उनी फरार रहेका थिए। चौधरीलाई इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले मिति बधबार...
काठमाडौं । लोकदेउडा गायक कमल बिरही थापाले देउडा गीत सुनतारा बजारमा ल्यायाका छन्। इजू, उडिगै डालिका मैना, चिना हरायाको मान्छे, निलकमल फुल्यो जस्ता थुप्रै चर्चित गीत बजारमा ल्याइसकेका थापाले नयाँ सांगीतिक कोसेली बजारमा ल्याएका हुन्। उनले गीत आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरेका छन्। रेस विसीको निर्देशन र जानकी थापा मगरको निर्माणमा बनेको गीतमा थापालाई तुलसी घर्ती मगरले स्वरमा साथ दिएकी...
काठमाडौं । आज बिहान ७:३७ बजे मनाङको ङिस्याङ केन्द्रबिन्दु बनाएर ४.७ म्याग्नेच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प गए पनि क्षतिको विवरण आइसकेको छैन। बुधबार मात्रै बझाङ केन्द्रबिन्दु भएर ४.१ म्याग्नेच्युडको भूकम्प गएको थियो।
काठमाडौं । आज पाँचवटा संसदीय समितिको बैठक बस्ने भएको छ। प्रतिनिधि सभातर्फका दुई र राष्ट्रिय सभाअन्तर्गतका तीन संसदीय समितिको बैठक बस्न लागेको संघीय संसद सचिवालयले जनाएको छ। महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे बस्नेछ। राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो १ बजे बस्ने भएको छ। बैठकमा संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न...
काठमाडौं, ४ पुस । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली,सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहेको ।तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु साथै थोरै स्थानहरुमा कुहिरोको लागेको छ दिउँसो हिमाली र पहाडी क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ...
बि.सं.२०८१  पुस ३ गते बिहिवार,  ई.सं.२०२४ डिसेम्बर १९, नेपाल सम्बत ११४५ थिंलाथ्व पञ्चमी, कालयुक्त नाम संवत्सर, पुष कृष्ण चतुर्थी, पञ्चाङ्ग: वैधृति बालव अश्लेषा, सूर्य दक्षिणायनं हेमन्त ऋतु ।  आज नेपालमा सूर्योदय बिहान ०६: ४७ बजे, सूर्यास्त साँझ ०५: ११ बजे हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा...
भैरहवा, ३ पुस । ११औं संस्करणको ‘स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति टी–२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिता’को उपाधि न्यु होराइजन माविले जितेको छ ।   फाइनल खेलमा देबदह बुद्ध माविलाई ५ विकेटले पराजित गर्दै होराइजनले उपाधि हात पारेको हो । जितसँगै होराइजने ५० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै, उपविजेतामा चित्त बुझाएको देवदह बुद्धले नगद २५ हजारसहित ट्रफी, मेडल...
काठमाडौं, ३ पुस । जनकपुर बोल्टसले सुदुरपश्चिमलाई १४० रनको लक्ष्य प्रस्तुत गरेको छ। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत पहिलो इलिमिनेटरमा जनकपुरले सुदूरपश्चिम सामू १४० रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ । त्रिभुवन विश्वबिधाल, किर्तिपुरस्थित क्रिकेट मैदानमा सम्पन्न खेलमा टस जितेर ब्याटिङ रोजेको जनकपुरले २० ओभरको समाप्तिमा ९ विकेट गुमाएर १३९ रनको योगफल तयार पारेेको छ ।  
काठमाडौं, ३ पुस । प्रधानमन्त्री एवम त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले विश्व विद्यालयको सबै सम्पत्ति फिर्ता ल्याएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।   त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन आयोगले बुझाएको प्रतिवेदन बुझेपछि ओलीले सो प्रतिवेदन कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।   ‘त्रिभुवन विश्वविद्यालयको जग्गा विश्वविद्यालयकै नाममा ल्याइने छ र हिनामिना गर्ने जोकोही भए पनि कानुनी कारबाहीको दायरामा आउनेछन्’,...
काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिम पार्टी सभापति एवं प्रतिनिधि सभा सदस्य वीरबहादुर बलायरले पार्टीभित्र रहेका साथीहरूबीच आपसी सद्‍भाव, एकता र मेलमिलाप आवश्यक रहेको बताएका छन्। निर्वाचन क्षेत्र बस्ती भेटघाट कार्यक्रममा कार्यकर्ता भेटघाटका क्रममा सभापति बलायरले उक्त कुरा बताएका हुन्। अहिलेको अवस्थामा फरक विचार राख्नेसँग मिलेर कार्य गर्नु परिरहेको स्मरण गर्दै आफ्नै पार्टी भित्र एक अर्काप्रति कटाक्ष गर्दै वैमनस्य गर्ने र...
- Advertisement -

POPULAR POSTS