Home Blog Page 3
वासिंगटन डिसी । इरानले इजरायल माथी हमला गरे अमेरिका इजरायलको रक्षा कवच भएर उभिने भएको छ। तेहरानले वरिष्ठ इरानीलाई मारेको भन्दै आक्रमणको बदला लिन सक्ने चेतावनीका बिचमा अमेरिकाले आफ्नो स्थिति स्पष्ट पारेका हुन् । सोही सन्दर्भमा अमेरिकन राष्ट्रपति जो बाइडेनले इजरायललाई ‘फलामे ढोका’ भएर अमेरिकाले इजरायलको रक्षा गर्ने जनाएका छन । इजरायलले १० दिनअघि सिरियामा रहेको इरानी वाणिज्य दूतावासमा आक्रमण गरेपछि इरानले...
ओखलढुंगा । नेकपा एमाले ओखलढुंगाका पूर्वजिल्ला अध्यक्ष शंकर कटवालले पार्टी छोडेका छन् । जिल्ला अधिवेशनको क्रममा नेतृत्वको पक्षधरता र गुटबन्दी देखिएको भन्दै उनले एमाले छोडेको घोषणा गरेका हुन् । पार्टीबाट राजीनामा दिदै उनले भनेका छन्- 'दसौं जिल्ला अधिबेशनमा जे जस्ता रबैया र गतिबिधिहरु देखियो । जुन खालकाअरोप-प्रत्यारोपको होड वाजी चल्यो । नेतृत्वको जुन खालको कार्यशैली र पक्षधरता देखियो ।  मैले...
काठमाडौँ । बलिवुडका सुपरस्टार सलमान खानले ईदको अवसरमा आफ्नो आगामी फिल्म ‘सिकंदर’ घोषणा गरेका छन् । यो फिल्मलाई दक्षिणका चर्चित निर्देशक ए. आर. मुरुगादासले निर्देशन गर्नेछन्, जसले यसअघि ‘गजनी’ र ‘हॉलिडे’ जस्ता हिन्दी फिल्महरू निर्देशन गरिसकेका छन् । यस फिल्मको निर्माता साजिद नाडियाडवाला हुनेछन् । बिहीबार इदको विशेष अवसरमा सलमानले सामाजिक सञ्जालमार्फत यो फिल्मको घोषणा गरेका हुन् । पोस्ट सेयर गर्दै...
विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा पूर्वलाई प्राथमिकतामा राखिने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), प्रदेश केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले देशको आर्थिक समृद्धि र समाजवादको आधार तयार गर्नेगरी बजेट ल्याउने बताए । सरकारले जनताका पक्षमा महत्त्वपूर्ण पहल लिएको बताउँदै प्रधानमन्त्री...
काठमाडौँ । दिनेश राउत निर्देशित फिल्म ‘पूजार सार्की’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । आगामी जेठ १० गतेदेखि प्रदर्शनमा आउने यस फिल्मको नयाँ पोस्टरमा आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहसहित मुख्य दुई अभिनेत्री अञ्जना बराइली र परीक्षा लिम्बूलाई सामेल गरिएको छ । पोस्टरमा फिल्मका प्रमुख कलाकारलाई आफ्नो भूमिका अनुसारको लुक्समा देखाइएको छ । आर्यन ढाका टोपीसहित देखिएका छन् भने...
काठमाडौँ । निर्वाचन आयोगले बैशाख १५ गते हुने उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नुका साथै चुनाव चिन्ह समेत प्रदान गरेको छ । आयोगका अनुसार इलाम- २ को प्रतिनिधि सभा निर्वाचनमा एक स्वत्रन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि १९ उम्मेदवार कायम रहेका छन् । उम्मेदवार फिर्ता लिनेमा स्वतन्त्र उम्मेदवार केशव कुमार चापागाईं रहेका छन् । आयोगले १९ जनाको अन्तिम नामावली प्रकाशन गरि...
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले सरकारले प्रतिपक्षको आवाज सुन्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिदै पाण्डेले आरोप लागेको मन्त्रीले आफु बाहिर हटेर आरोपबाट चोखिनु पर्नेमा जबरजस्ति गर्नुमा केहि बदमासी छ भनेर शंका गर्ने ठाउ रहेको बताए । उनले गृहमन्त्रीले आफुलाई चोखो ठान्छन भने पछि हट्नुपर्ने टिप्पणी गरेका छन् । मंगलबारको बैठकमा कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको...
काठमाडौँ ।  काठमाडौँ महानगरका मेयर बालेन शाहले सामाजिक सञ्जालमा एक कवितात्मक व्यंग्य लेखेका छन् । उनले लेखेको कविताले अहिले व्यवस्था विरोधी आन्दोलन गरिरहेको राप्रपादेखि सत्तामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीसमेतलाई व्यंग्य गरेको बुझ्न सकिन्छ । उनले लेखेका छन्-  म राजा हुँदा , लोकतन्त्र चाहियो भन्छु , राजा खराब भो , म गणतन्त्र आउँदा राजा चाहियो भन्छु , जनतन्त्र हराम भो , म जनता हुँदा नेता बन्न खोज्छु...
काठमाडौँ । डोल्पाको ठुलिभेरी नगरपालिका-४ को मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका तीन जना नेपाली सेनाको मृत्यु भएको नेपाली सेनाले जानकारी दिएको  छ । उनीहरूको उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा काभ्रेका ३८ वर्षीय केशवबहादुर मगर र हुम्लाका २३ वर्षीय आशिष बुढा छन् । यसअघि सोमबार उपचारकै क्रममा जुम्लाका २८ वर्षीय हेमन्त रावलको मृत्यु भएको थियो...
काठमाडौँ  निर्वाचन आयोगले बैशाख १५ गते उपनिर्वाचन हुने क्षेत्रमा तीन दिन विद्यालय बन्द गर्न सिफारिस गरेको छ । उपनिर्वाचन हुन् इलम-२ र बझाङको १(१) मा बैशाख १३ देखि १५ गतेसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेको हो । आयोगले उपनिर्वाचन हुने क्षेत्रका मतदान स्थल तथा मतदान केन्द्र रहेका विद्यालयहरुको उपयोग गर्नु पर्ने भएकोले बिदा दिन सिफारिस गरेको जनाएको छ । साथै आयोगले...
- Advertisement -

POPULAR POSTS