Home Blog Page 4
काठमाडौं -  जिल्ला प्रशासन कार्यालय मोरङले इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकका बैंक खाता रोक्का राख्न राष्ट्र बैंकलाई पत्राचार गरेको छ। प्रशासनले गत मंसिर २६ गते राष्ट्र बैंक विराटनगर मोरङलाई क्लासिक टेकका बैंक खाता रोक्का राख्न पत्राचार गरेको हो। राष्ट्र बैंक विराटनगर कार्यालयले आफ्नो केन्द्रीय कार्यालयमा क्लासिक टेकका खाता रोक्का राख्ने सम्बन्धी प्रशासनको पत्र पठाएको छ। राष्ट्र बैंक केन्द्रीय कार्यालयका एक अधिकारीले...
काठमाडौं, ३ पुस । नेकपा एमाले पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले अहिलेको सत्ता समीकरणलाई फेल हुन छुट नभएको बताएका छन । मंगलबार नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका नवनिर्वाचित अध्यक्ष लगायत पदाधिकारी र सदस्यहरूको पदभार ग्रहण कार्यक्रममा बोल्दै काभ्रेपलाञ्चोकका प्रतिनिधि सभा सदस्य समेत रहेका लामो समय राजनीति गरेका राजनीतिक दलको गठबन्धन सरकार बनेकोले यसलाई जोगाएर देशलाई निकास दिनु पर्ने बास्कोटाको जोड छ ।  ‘नेपालको...
पोखरा, २ पुस । नेपालमा साहसिक पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउन, बिवाइडी इन्टरनेशनल बेलुन महोत्सव २४ डिसेम्बर, २०२४ देखि सुरु हुदैँछ । नेपालको साहसिक पर्यटनको कोशेढुंगाको रुपमा स्थापित गर्नको लागि पोखराको पामे क्षेत्रमा अन्तराष्ट्रियस्तरको पोखरा बेलुन महोत्सव आयोजना गर्न लागेको हो । पर्यटन क्षेत्रलाई कोरोना महामारी पूर्वको अवस्थामा ल्याउन सक्रिय भुमिका खेल्ने विश्वासका साथ बेलुन नेपाल प्रालिले नेपालमा पहिलो पटक यो महोत्सव...
काठमाडौं, २ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले केही वर्षका बिचमा नेपालीको जीवनस्तर निक्कै माथि उठेको बताएका छन । ललितपुर महानगरपालिकाको स्थापना दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही नकारात्मक प्रवृत्ति देखिएका भए पनि देश र जनताको अवस्था हिजोको जस्तो नभएको बताएका हुन् । ‘कतिपय मानिसहरूले भनिरहेका छन्, व्यवस्था बदलियो, अवस्था बदलिएन भनेर, व्यवस्था पनि बदलियो, अवस्था पनि...
ललितपुर, २ पुस । ललितपुर महानगरपालिकाको स्थापना दिवसमा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि भएका छन् । आज ललितपुरमा आयोजित बिशेष कार्यक्रममा ओली प्रमुख अतिथि भएका हुन । यसअघि काठमाडौंको ३० औं महानगर दिवसमा भने मेयर बालेन शाहले उपराष्ट्रपति रामसहाय यादवलाइ प्रमुख अतिथि बनाएका थिए । तर, ललितपुरका मेयर चिरिबाबु महर्जनले भने प्रधानमन्त्री ओलीलाइ प्रमुख अतिथि बनाएको हो । कार्यक्रम जारी रहेकाे...
काठमाडौं, २ पुस । गणपुरक संख्या नपुगे पछि आज पनि अर्थ समितिको बैठक स्थगित भएको छ । संसदीय समितिमा बैठकका लागि आवाश्यक सांसद संख्याको कोरम नपुगेपछि  बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । संसद सचिवालयका अनुसार ११ः३० का लागि बोलाइएको बैठकमा ८ जना सांसद मात्रै उपस्थित भइदिए । मंगलबारको बैठकमा  सुरक्षित कारोबार ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल...
काठमाडौं‌, पुस २ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो विकास लक्ष्यहरु प्राप्तिका लागि तयार पारिएका कार्ययोजना कार्यान्वयनमा नेपालले उल्लेखनीय प्रगति गरेको गरेको बताएका छन । थाइल्याण्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्तसम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले सीमित स्रोतहरू हुँदाहुँदै पनि सामूहिक  प्रयासका कारण विश्वव्यापी रुपमा नै दिगो विकास लक्ष्य...
हेटौडा, २ पुस । नेकपा एमाले हेटौडा उपमहानगरपालिकाको दोस्रो अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । अधिवेशनले बोलबहादुर कार्कीको अध्यक्षतामा ८१ सदस्यीय नगर कमिटी निर्वाचित गरेको छ । मतदान प्रक्रियामा कार्कीले १ सय ७६ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी जनरल श्रेष्ठ (जेन) ले १ सय ३३ मतमा सिमित हुनु परेको थियो । त्यस्तै, उपाध्यक्षमा राजकुमार बास्तोला १ सय ४३ मत प्राप्त गरी...
सुनसरी - प्रहरीले सुनसरीबाट १२३ किलो ३९ ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-१७ का ३१ वर्षीय धनबहादुर भण्डारी रहेका छन्। अस्थायी प्रहरी पोस्ट रेल्वे धरानबाट खटिएको प्रहरी टोलीले भण्डारीलाई आइतबार दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। भण्डारी प्रदेश १-०२-००२ ह. १६५५ नम्बरको टेम्पोका चालक हुन्। रोक्न खोज्दा भागेपछि प्रहरीले टेम्पोलाई पछ्याउँदै धरान-१७ कै जंगलछेउ...
सञ्जय मिश्रा रौतहट १ पुस। पुर्व पश्चिम राजमार्गसँग जोडिएको रौतहटको चन्द्रनिगाहपुरस्थित लागू औषधको कारोवार नियन्त्रण गर्न प्रहरीले बिशेष कार्यक्रम सञ्चालन गरेको छ।   ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईको सक्रियतामा लागुऔषध कारोबार नियन्त्रण गर्न बिशेष कार्यक्रम सञ्चालन गरिएको हो। पहिलो चरणमा चन्द्रपुर नगर क्षेत्रभित्र संचालनमा रहेका औषधि मेडिकल पसल ,क्लिनिक ,अस्पतालका संचालकहरूसंग प्रहरी कार्यालयमा अन्तर्क्रिया कार्यक्रमको आयोजना गरिएको थियो। अन्तर्क्रिया कार्यक्रममा डिएसपी...
- Advertisement -

POPULAR POSTS