काठमाडौं, पुस १ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल थाइल्याण्ड प्रस्थान गरेका छन ।
एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्तसम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकमा भाग लिन अर्थमन्त्री थाइल्याण्ड गएका हुन ।
एसिया र प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्र संघीय आर्थिक तथा सामाजिक आयोगले आयोजना गर्ने उच्चस्तरीय क्षेत्रीय परामर्श बैठक पुस २ देखि ३ गतेसम्म हुनेछ ।
सञ्जय मिश्रा
रौतहट १ पुस।
रौतहटको मध्यभाग गरुडा नगरपालिका अन्तर्गत पोठीयाहि गाउँमा लाखौंको लागतमा रामजानकी मन्दिरको निर्माण सुरु भएको छ।
मेयर कन्थमणि जैसवाल ले रामजानकी मन्दिरको शिलान्यास गरेका छन्। एक समारोहका बिच मेयर जैसवालले गरुडा नगरपालिका ६ पोठियाही गाउँमा रामजानकी मन्दिरको शिलान्यास गरेका हुन्।
जिर्ण अवस्थामा रहेको सो मन्दिरको पुनः निर्माण स्वरुप मन्दिरको शिलान्यास सम्पन्न भएको मेयर जैसवालले बताएका छन्।
धार्मिक तथा ऐतिहासिक सम्पदाहरुको...
काठमाडौं । मेदान्त आयुर्वेद हस्पिटलको उद्घाटन गरिएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रमकोबीच वरिष्ठ क्याप्टेन विजय लामा र वरिष्ठ अभिनेत्री गौरी मल्लले हस्पिटलको उद्घाटन गरेका हुन्। सोही क्रममा अभिनेत्री मल्लले अहिले खाएर अहिले परिणाम आउने औषधीभन्दा आयुर्वेदिक औषधी राम्रो हुने बताएकी थिइन्।
उनले आयुर्वेदिक औषधी प्रयोग गर्दा धैर्यता राख्नुपर्ने बताइन्। यसको परिणाम आउन ढिला भए पनि राम्रो हुने उनको धारणा थियो।...
काठमाडौँ, ३० मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अस्थिरता अन्त्य गर्दै देशलाई विकृतिबाट सुकृतितर्फ लानका लागि वर्तमान संयुक्त सरकार बनेको बताएका छन् ।
ज्यापु संस्कृति विकास कोषद्वारा आज वसन्तपुरमा आयोजित २१ औँ राष्ट्रिय ज्यापु दिवसको समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा भएको राजनीतिक परिवर्तनलाई धरापमा पार्ने र परिवर्तनमा योगदान गरेका दललाई अनावश्यक भ्रम फैलाएर बद्नाम गर्ने कोशिश भएकाले ठुई ठुला...
काठमाडाै, ३० मंसीर । थानकोटस्थित त्रिभुवन पार्कमा रहेको चन्द्रागिरी थ्रीडी आर्ट म्युजियममा वरिष्ठ हाँस्य अभिनेता तथा चलचित्र निर्माता दिपकराज गिरीले अवलोकन भ्रमण गरेका छन् ।
हाँस्य कलाकार गिरीले शनिबार म्युजियममा अवलोकन गरेका हुन् । म्युजियममा बनाइएका अन्तरक्रियात्मक थ्रीडी कलाको प्रशंसा गर्दै उनले यस म्युजियम कला र सिर्जनाको अनुपम उदाहरण भएको बताए।
यहाँका दृश्यहरूले नेपाली कला र संस्कृति आधुनिक प्रविधिसँग कसरी जोड्न सकिन्छ भन्ने...
बर्दिवास, ३० मंसीर । महोत्तरीमा बस अनियन्त्रित भई पल्टिँदा २२ जना घाइते भएका छन्।
भिठामोडबाट जनकपुर आउँदै गरेको ना ४ ख १०६९ नम्बरको बस हुलाकी राजमार्गस्थित जलेश्वर नगरपालिका– ६ रातोपुलमा दुर्घटना हुदाँ २२ जना घाइते भएका हुन ।
जनकपुर आउँदै गरेको बस एक्कासी नियन्त्रित भइ पुलको रेलिङ तोड्दै बस पल्टिएको हो । जसमा सवार मध्ये २२ यात्रु घाइते भएको र २...
काठमाडौं, ३० मंसीर । काठमाडौं गुर्खाजले विराटनगर किङ्सविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ ।
नेपाल प्रिमियर लिग (एनपिएल)को जारी खेलमा जितसँगै काठमाडौंले प्लेअफ सम्भावनालाई जिवितै राखेको छ ।
त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित क्रिकेट मैदानमा सम्पन्न लिग चरणको अन्तिम खेलमा काठमाडौंले प्लेअफबाट यसअघि नै बाहिरिसकेको विराटनगरविरुद्ध एक विकेटको जित हासिल गरेको छ ।
विराटनगरले प्रस्तुत गरेको ११८ रनको लक्ष्य काठमाडौंले १८.१ ओभरमा ९ विकेट...
मुकेश कुमार यादव
सिरहा, २९ मंसिर। सिरहामा दुर्घटनामा परेको कारबाट १३० किलो गाँजा बरामद भएको छ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको धनगढीमाई नगपालिका १० जिरोमाईलमा दुर्घटनामा परेका कारबाट १ सय ३० किलो गाँजा बरामद भएको हो।
पूर्वबाट पश्चिमतर्फ गईरहेको ना ३ ख ७५९१ नम्वरको ट्रकमा उत्तर तर्फको सहायक सडकबाट आईरहेको बा २८ च ९९६३ नम्वरको कार आपसमा ठोकिएर दुर्घटना भएको कारमा सो...
मुम्बइ, ३० मंसीर । बलिउडका सुपरहिट फिल्महरूमा आफ्नो अभिनय कौशल देखाउने अर्चना पूरन सिंहलाई आज कुनै पहिचानको आवश्यकता छैन । विगत केही वर्षदेखि अभिनेत्री फिल्मसँगै कपिल शर्माको शोमा जजको भूमिकामा देखिँदै आएकी छन् । उनको ठुलो हाँसोको सबैजना फिदा छन् ।
यसैबीच अभिनेत्रीसँग एउटा यस्तो घटना घट्यो, जुन निकै अचम्मको छ । वास्तवमा, अर्चना भर्खरै युट्युब भ्लगिङको दुनियाँमा प्रवेश गरेकी...
काठमाडौँ, मङ्सिर ३० गते । जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा आज पनि दुई खेल हुँदैछन् ।
पहिलो खेल बिहान सबा नौ बजे काठमाडौँ गुर्खाज र विराटनगर किङ्ग्सबीच हुने छ भने दिउँसो सवा एक बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन् । दुवै खेल त्रिभुवन विश्वविद्यालयको मैदान हुनेछन् ।
दुवै टोलीको यो समूह चरणको अन्तिम खेल हो ।...