ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी फेरि बढ्न थालेका छन् । आज मलेसियामा काेराेनाकाे कारण ७ जनाकाे निधन भएकाे छ भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १ हजार २२८ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका हुन ।
मलेसियामा हालसम्म २५ हजार ७४२ जनामा संक्रमण पुष्टि भएको छ भने २२१ जनाको निधन भएको छ । त्यस्तै गएको २४ घण्टामा...
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण २ हजार २२५ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २ हजार २२५ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ । यो सङ्ख्या करिब ४ हजार बढिको हाराहारीमा केहि दिनदेखि निरन्तर रहेकोमा आज भने कम हो ।
यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको...
डडेल्धुरा । सिंचाइ गर्नका लागि बनाइएको पोखरीमा पानी नहुँदा समस्या भएको छ । अमरगढी नगरपालिका –७ नानीभटगाउँका ३० घर परिवारका लागि २०७२ सालमा पोखरी निर्माण गरिए पनि अहिलेसम्म पानी नहुँदा अन्नबाली तथा तरकारी खेती गर्न समस्या भएको स्थानीयवासी शेर कैनीले बताए ।
पोखरी निर्माण गर्दा खुशी भएका यहाँका किसानले आकाशे पानीका भरमै खेतीपाती गर्ने गरेका छन् । बर्खे खेती गर्ने...
बैतडी । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि बैतडीको पाटन बजार क्षेत्र सिल गरिएको छ । यस्तै देहिमाडौँ बजार बन्द गरी सवारी आवागमनमा रोक लगाइएको छ । पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले दुईदिनका लागि सिल गर्ने निर्णय गरेको हो ।
शनिवार बिहान १० बजेदेखि आइतबार अपरान्ह ४ बजेसम्म पाटन बजार क्षेत्र सिल गर्ने निर्णय भएको हो...
काठमाडौं । धरानको बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा पाँच महिने शिशुको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मोरङ सुन्दरहरैचाकी ५ महिने शिशुको बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो ।
बी.पी. कोइरालाबी.पी. कोइराला धरान का सह-प्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार ती शिशुमा पहिलादेखि नै मस्तिष्कसम्बन्धी रोग थियो। स्वास्थ्यमा समस्या आएपछि उनलाई शुक्रबार बिहान अस्पताल भर्ना गरिएको थियो। भर्ना गरेपछि उनको...
काठमाडौं। आईपीएलको १३ औँ सिजनको ४१ औँ खेलमा मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्सलाई १० विकेटले पराजित गरेको छ । शारजाहमा खेलिएको खेलमा चेन्नईले टस हारेर पहिले बलिङ गर्दै १ सय १५ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा मुम्बईले उक्त लक्ष्य १२.२ ओभरमा कुनै विकेट नगुमाइ सफलतापूर्वक पछ्यायो ।
आईपीएलमा कुनै पनि टोलीले चेन्नईलाई १० विकेटले पराजित गरेको पहिलो...
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण ४ हजार ४९९ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ४ हजार ४९९ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ । यो सङ्ख्या करिब ४ हजार बढिको हाराहारीमा केहि दिनदेखि निरन्तर रहेको छ ।
यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या ४६ हजार...
बिरामी छ धर्ती सुतेको छ देश
रुदैछन् बसेको फिजाएर केश
बिनाकर्म खान्छौ बढाएर भत्ता
टुनाले मुनाले बचाएर सत्ता
यतादेश प्रेमी छ सारा झुकेको
धराजन्म हाम्रो छ नाङ्गो नुँगेको
बने भ्रष्ट नेता लुटे देश सारा
हराए छ विश्वास सद्भाव धारा
बिना देश हाम्रो कुनै लक्ष्य हुन्न
खरायो सरी चालले भाव छुन्न
गरे हुन्छ आँटेर केको अभाव
त्यही रूप बोली बिगार्ने सखाप
छ चिन्ता मलाई हुने केछ भोलि ?
म मागूँ गरि के उचालेर...
जुम्ला । चन्दननाथ नगरपालिकाभित्रका १० वटै वडाका बेरोजगार युवाहरुले रोजगारीको बाटो रोज्ने प्रतिबद्धता गरेका छन । बेरोजगार भई भौँतारिएका युवहाहरुले मेयर रोजगार कार्यक्रममार्फत जीवनोपयोगी सीप सिकेको भन्दै व्यवसायी भएर क्षमता देखाउने प्रतिबद्धता गरेका हुन ।
नगरपालिकाले पहिलो पटक सञ्चालन गरेको मेयर रोजगार कार्यक्रममार्फत छ महिने मोटरसाइकल मर्मत तालिम सञ्चालन गरेको थियो । नगरपालिकामा रहेका बेरोजगार युवालाई रोजगारी प्रदान गर्ने उद्देश्यसहित...
गोरखा । गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहान ९ः१० बजेको शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौँ पठाएका हुन् ।
फूलपातीको डोली बा २ झ ३२२१ नम्बरको सरकारी गाडीमा राखेर हनुमान ढोका दरबार पठाइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिए । गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबार पुर्याइएपछि...