काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण २ हजार २५३जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २ हजार २५३ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ८६ हजार ८ सय २३ पुगेको छ । यो सङ्ख्या २ हजार बढिको हाराहारीमा गत दुई दिनदेखि निरन्तर रहेको छ ।
यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या २२ हजार २१९...
ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी फेरि बढ्न थालेका छन् । आज मलेसियामा काेराेनाकाे कारण एक जनाकाे पनि मृत्यु भएकाे छैन भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा २९३ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका छन् । मलेसियामा पछिल्लोपटक फेरि संक्रमित थपिन थालेकामा यो आजको पनि बढ्दो सङ्ख्या हो ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १३७ रहेकाे छ...
काठमाडौं । अनसनरत डाक्टर गोविन्द केसीको समर्थनमा त्रिवि शिक्षण अस्पतालमा चिकित्सकहरूले प्रदर्शन गरेका छन्। चिकित्सा शिक्षा सुधारको माग राखेर आइतबार चिकित्सकहरूले डाक्टर केसीले राखेका माग सम्बोधन गर्न दवाव दिन प्रदर्शन गरेका हुन् ।
चिकित्सक शिक्षा सुधारको लागि १९ औं पटक डाक्टर केसी अनसनरत छन् । जुम्लामा अनसन बसेका उनलाई काठमाडौं ल्याएर शिक्षण अस्पताल राखिएको छ।
चिकित्सकहरूले हातमा कालोपट्टी बाँधेर ‘जनता माग्छ...
काठमाडौं । सरकारी निकाय तथा कार्यालयहरूमा कोरोना संक्रमणको जोखिम अत्यधिक बढ्दै गएको पाइएको छ । मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबार र प्रधानमन्त्री निवास बालुवाटार, मन्त्री निवास पुल्चोकलगायत अधिकांश सरकारी निकायहरू संक्रमणको उच्च जोखिममा पर्दै गइरहेको विज्ञहरूले बताएका छन् ।
निजामती, शिक्षक, सेना, प्रहरी तथा विभिन्न सार्वजनिक संस्थानमा गरी ५ लाखभन्दा बढी राष्ट्रसेवक कर्मचारीहरू रहेका छन् । यीमध्ये सबैभन्दा बढी प्रभावित...
बुटवल । प्रदेश ५ को राजधानी दाङको देउखुरी आसपास बनाउने प्रदेश सरकारको प्रस्तावको विरोधमा रुपन्देहीमा बिहानैबाट प्रर्दशन शुरु भएको छ । स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा तोड्दै यहाँका विभिन्न ठाउँमा प्रर्दशन शुरु भएको हो ।
निषेधाज्ञाका बीच सुनसान जस्तै देखिएको बुटवलमा प्रदेश राजधानी दाङ बनाउने प्रस्तावको विरोध गर्दै प्रमुख प्रतिपक्षी दल काँग्रेसले रुपन्देही बन्दको आह्वान गरेको छ भने यहाँका बुटवलका व्यवसायिक...
अर्घाखाँची । अर्घाखाँची जिल्ला प्रशासन कार्यालयमा अति आवश्यका सेवाहरु बाहेकक अन्य सेवाहरू आइतबारबाट सात दिनको लागि बन्द गरिएको छ । प्रशासनका प्रमुख सहित केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसंगै प्रकोप सतर्कताका लागि भन्दै कार्यालय बन्द गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलसहित अन्य चार जना कार्यलयका कर्मचारीहरुलाई पनि कोरोना भाईरस संक्रमण पुष्टि भएको रिपोर्ट आएपछि संक्रमणलाई फैलन नदिन कार्यलयमा...
कैलाली । ब्रेन ट्युमर पिडित हेमराज ओझालाई प्रवासमा रहेका नेपालीहरुले एक सहयोग अभियान सन्चालन गरि नेपाली २ लाख ३० हजार रुपैयाँ आर्थिक सहयोग संकलन गरि हस्तान्तरण गरेका छन् ।
भारतको देहरादुन राज्यमा रहेको सिनर्जी अस्पतालमा पिडित परिवारलाई शनिबार भेटघाट गरि हेमराज ओझा बचाउ अभियानका अभियन्ता नारद साउद, प्रयाग राज ओझा लगायतको टिमले रकम हस्तान्तरण गरेको अभियान्ता टंकेश्वर खड्काले बताए ।
सुदूरपश्चिमेली...
काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसी र काङ्ग्रेस नेता तथा सांसद गगन थापालाई कोरोना संक्रमण देखिएको छ। दुई दिनअघिदेखि कांग्रेसले पार्टी कार्यालयमा स्वाब संकलन गरेको थियो। शनिबार रिपोर्ट आउँदा कोरोना संक्रमण पुष्टि भएको केसी र थापाले बताएका हुन ।
केन्द्रीय सदस्यसहित २५० जनाको स्वाब संकलन गरिएको थियो। तीमध्ये थापा, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल...
प्रकाश दिप्साली राई
नडाहा । सकारात्मक परिवर्तनको लागि युवा जमातले अगुवाईमा नेपाल विद्युत प्राधिकरणको प्रमुखमा कुलमान घिसिङलाई पुनः नियुक्ती तथा आमरण अनसनरत डा.गोविन्द के.सी.को मागलाई सम्बोधन गर्न माग गर्दै आज बराहक्षेत्रका युवाहरूले मोटरसाइकल र्याली गरेका छन् ।
नडाहाबाट दिउँसो १.०० बजे सुरु भएको सो र्याली चतरा, नगरपालिकाको कार्यालय अगाडी चक्रघट्टी, प्रकाशपुर, राजाबास, बाङ्गे हुँदै नडाहामा नै आएर टुङ्गिएको थियो । विभिन्न...
लघुकथा : नतमस्तक
मिसु श्रेष्ठ
अाज बिदाको दिन थियो । हामी दम्पतिलाई अाफन्तलाई भेटन जानु थियो । सार्वजनिक नेपाल यातायात गाडीको साधारण सिटमा हामी श्रीमान, श्रीमती बस्यौं। गाडी हिडेर अर्को स्टपमा अाउँदा गाडी रुक्यो । फुत्त एकजना दुब्लो , पातलाे ,टिठ लाग्दाेे मानिस चढ्यो ।
उसले दाैरा, सुुरुवाल, स्टकाेट र टाेपी लगाएकाे थियो । निधारमा लामो चन्दन लगाएकोले बाहुनजस्ताे देखिन्थ्यो । ऊ...