कलैया । बारामा युवा विद्यार्थी संघर्ष समिति २ नम्बर प्रदेशको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बाराको सिम्रनगढ स्थित श्री कंकाली उचमधमिक विध्यालयमा समिति उपाध्यक्ष सनी गुप्ताको नेतृत्वमा कार्यक्रम सम्पन्न भएको हो ।
समितिले नेपाल रेडक्रस पर्सा को सहकार्य गरेको उक्त रक्तदान कार्यक्रममा जम्मा २३ जनाले रक्तदान गरेका थिए । जसमा समिति सदस्यहरु स्थानीय एक महिला सहित २१...
ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण दुई जनाकाे मृत्यु भएकाे छ भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ८९ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका छन् । मलेसियामा पछिल्लोपटक फेरि संक्रमित थपिन थालेकामा यो आजको बढ्दो सङ्ख्या हो ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १३६ रहेकाे छ भने ११ हजार २२४ जनामा संक्रमण पुष्टि भएको छ ।...
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार ५५९ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १ हजार ५५९जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ७७ हजार २ सय १७ पुगेको छ । यो सङ्ख्या एक हजारको हाराहारीमा केहि दिनदेखि निरन्तर रहेको छ ।
यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या २० हजार ८९१ जना रहेका...
Flash News
मलेसियामा रेष्टुरेन्ट व्यवसाय गर्ने डेबिट श्रेष्ठ बन्धक बनाई रकम असुलेको आरोपमा सीआईबीको नियन्त्रणमा
Himaltimes -
काठमाडौं । मलेसियामा बन्धक बनाई रकम असुल गरेको अभियोगमा मलेसियास्थित टप ग्लोभ कम्पनीमा नेला कर्नर क्यान्टिन संचालन गरी बस्ने मोरङ साविक सुन्दरपुर गाविस-५ घर भएका ४४ वर्षीय डेभिड भन्ने दुर्गा बहादुर श्रेष्ठलाई काठमाडौं महानगरपालिका-३ स्थित सडकबाट मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
दुर्गाको योजनामा उनकै श्रीमती धनमाया श्रेष्ठ तथा चालक श्याम नेपालीले मलेसियामै काम गर्ने दाङ पहरुवा बस्ने एक व्यक्तिलाई...
काठमाडौं । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले गैरकानुनी बाटोबाट विदेश गएका नेपालीहरुलाई पनि उद्धार गर्न सरकारलाई निर्देशन दिएको छ । गैरकानुनी बाटोबाट विदेमा गएकाहरुलाई सरकारले उद्धारमा प्राथमिकता नदिएका बेला संसदीय समितिले उनीहरुलाई पनि तत्काल उद्धार गर्न निर्देशन दिएको हो ।
एकचोटी श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकाहरु जुनसुकै कारणले विदेशमा अलपत्र परे पनि वैदेशिक रोजगार...
वर्तमान अवस्थामा मानिसहरूसँग लामा लामा ठेली पढ्ने समय निकै कम रहेको देखिन्छ। थोरैमा धेरै कुराहरू अट्ने हुँदा अहिले मानिसहरू लघुकथा लेख्न र पढ्न झुकाव भइरहेको पाइन्छ। आख्यानको प्रविधाको रुपमा लोकप्रिय हुँदै गइरहेको लघुकथा लेखनमा थुप्रै स्थापित साहित्यकारहरू पनि लागिपरेको पाइन्छ।
उपन्यासलाई फूटबल मैदान , कथालाई भलिबल मैदानको संज्ञा पाए झैं लघुकथालाई चेस बोर्डको संज्ञा दिइएको यो प्रविधाको लेखन यात्रा बि...
ऐजेन्सी । भारतका उप-राष्ट्रपतिलाई भयो कोरोनाको संक्रमण पुष्टि भएको छ । भारतका उप-राष्ट्रपति वेंकैया नायडूलाई कोरोना भाइरसको संक्रमण भएको हो ।
उप-राष्ट्रपतिको सचिवालयले मंगलबार नायडूलाई संक्रमण भएको जानकारी दिएको हो।
'भारतका दप-राष्ट्रपतिको आज नियमित कोभिड-१९ को परीक्षण गरियो जसमा उहाँ पोजेटिभ आउनुभएको छ। यध्यपी उहावां लक्षण छैन र स्वस्थ्य देखिनु भएको छ', सचिवालयले ट्विट गरेको छ। 'उहाँलाई घरमा नै क्वारेन्टिनमा बस्ने...
काठमाडौं। स्थानीय तहमा गएको तीनै तहको बजेट धेरै योजना छर्ने प्रवृत्तिले विकास निर्माणका काम अधुरा र अलपत्र पर्ने गरेका छन् । विकास निर्माणका काममा साधन र स्रोत छरिँदा सरकारको लगानी बालुवामा पानीजस्तै भएका छन् ।
व्यवस्थित विकास नीतिको अभावमा पहुँच पुगेका स्थानीय तहमा योजनाको खातै खात र पहुँच नपुगेकामा योजनाको अभाव हुने गरेको पाइएको छ । स्थानीय तहले न्यूनतम पाँचदेखि...
Flash News
सस्तोमा डलर दिने भन्दै पाँच लाख रुपैयाँ हात पारेर भाग्ने दुई जना नियन्त्रणमा
Himaltimes -
भक्तपुर । भक्तपुर नगरपालिका-१० कमलविनायक वसपार्कबाट सूर्यबिनायक बस्ने दोलखा घर भएका एक व्यक्तिलाई डलर देखाई सस्तो दरमा साटीदिन्छु भन्दै नगद ५ लाख रुपैंयाँ लुटपाट गरेको अभियोगमा २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भक्तपुर चारदोबाटो डेरा गरी बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ घर भएका २३ वर्षीय विमल भण्डारी र २१ वर्षीय निर्मल भण्डारी रहेका छन् । उक्त...
काठमाडौं । गायक सानाहाङ लिबाङ लिम्बुको “साथ तिम्रो साथ” गीतको भिडियो सार्वजनिक भएको छ । गायक लिम्बुको स्वरमा सजिएको उक्त गीत एआर टाईम्स युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ । उक्त गीत एआर टाईम्सको प्रस्तुति हो ।
आशिष लिम्बूको शब्द रहेको उक्त गीतमा चेतन लिम्बुले संगीत गरेका छन् भने गीतलाई जोनि तामाङले संगीत संयोजन गरेका हुन । साथै गीतलाई शनलाईट रेकर्डिङ...