Home Blog Page 981
बारा । स्रोत नखुलेको २० लाख रकमसहित बारामा तीन जना पक्राउ परेका छन् । बारागढी गाउँपालिका–२ बिशनपुर्वा टोलबाट स्रोत नखुलेको २० लाख रुपैयाँ नगद सहित रौतहट बिन्दावन नगरपालिका–२ बिश्रामपुर टोल बस्ने ३८ वर्षीय सुजित कुमार साह लगायत ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बारागढीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । घटना बारे अनुसन्धान भैरहेको...
काठमाडौं । बिहीबार ललितपुरको पुल्चोकमा रथमा तान्ने क्रममा उत्पन्न झडप नियन्त्रणमा खटिएका १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। महानगरीय प्रहरी परिसर, ललितपुरका इन्स्पेक्टरसहित १८ जनामा शुक्रबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी सन्तोष तामाङले जानकारी दिए । यधपी उनीहरूको स्वाब कहिले दिएको भन्ने बारे भने खुलाइएको छैन । स्रोतका अनुसार स्वाब दिईसकेपछि झडप नियन्त्रणमा खटिएको...
लघुकथा : जिज्ञासा दीपक लोहनी पाँच वर्षिया छोरोले बालाई सोध्यो- "बा, आकाश खस्यो भने के हुन्छ ?" राहत नपाएर रित्तै फर्किएको बाले केही बोलेनन् । उदाशीको एकमुठी सुस्केरा खुइइइ ..ए छोडे मात्र । उसले फेरि आमालाई सोध्यो - "आमा, आकाश खस्यो भने के हुन्छ ?" ग्याँस सकिएर रन्थनिएकी आमाले पनि केही बोलिनन् । फरियाको सप्कोले टिल्पिलाएको आँसु पुछिन् मात्र । उसको मनमा जिज्ञास मेटिएको थिएन । तर...
काठमाडौं । बिहीबार पुल्चोकमा मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा भएको झडपमा प्रेस ज्याकेट लगाएर प्रहरीलाई ढुङ्गा प्रहार गर्ने युवा पक्राउ परेका छन् । झडपको क्रममा प्रेस लेखेको ज्याकेट लगाएर हातमा क्यामेरा बोकेर प्रहरीतर्फ ढुंगा हान्ने महालक्ष्मी नगरपालिका– १३ इमाडोलका २१ वर्षका अनिश महर्जनलाई शुक्रबार अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । अपराध महाशाखाका प्रमुख एसएसपी दीपकमा अनुसार उनी कुनै पनि सञ्चारमाध्यममा संलग्न...
काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण १ हजार ३५९ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार मंगलबार थप १ हजार ३५९ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ४४ हजार २३६ पुगेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या १८ हजार ४०४ रहेको छ । यस्तै १ हजार ३५४ जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या...
काठमाडौं । मोरङको रंगेली नगरपालिका-५ रामघाट जयनपुर टोल बस्ने ५५ वर्षीय राम प्रसाद मण्डलको सोही स्थानस्थित आफ्नै खेतमा पानी पठाउन मोटर जोड्ने क्रममा विद्युत सर्ट भई करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएको छ । त्यस्तै नवलपरासी (पश्चिम), सुस्ता गाउँपालिका-१ रुपौलिया बस्ने ५१ वर्षीय देवनारायण थारुको सोही गाउँपालिका फेचुवास्थित बिजुलीको पोलमा चढी बल्ब चेन्ज गर्ने क्रममा करेन्ट लागेर बिहीबार बिहान मृत्यु...
मलेसिया । मलेसियाबाट स्वदेश फर्कनका लागि हवाइ भाडादर महँगो भएको भन्दै मलेसिया स्थित विभिन्न संघ संगठनले भाडादर घटाउन माग गरेका छन् । मलेसियामा पुरानो संगठनको रुपमा रहेको "नेपाल आदिवासी जनजाति महासंघ" मलेसिया चार्टर उडानमा भन्दा पनि हालको नियमित उडानको भाडादरको आर्थिक भार बोकेर श्रमिकहरु स्वदेश फर्किन नसक्ने बताएको छ । महासंघले एक विज्ञप्ति जारी गर्दै भाडादर घटाई आम नेपाली श्रमिकहरुलाई...
काठमाडौं । आज मन्त्रिपरिषदको बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बस्ने बैठकले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने बताएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठले गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको थियो । यससँगै अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडा विदा हुनेछन् । उनको यो अन्तिम...
काठमाडौं । जिल्ला प्रशासन ललितपुरले ललितपुर र चक्रपथ एरियामा कर्फ्यु जारी गरेको छ । आजका लागि बल्खु पुलदेखि मनोहरा पुलसम्मको चक्रपथ क्षेत्रभित्र बिहान १० बजेसम्म कर्फ्यु आदेश जारी गरिएको हो। कर्फ्युपछि निशेधाज्ञा कडा रुपमा लागु गरिने प्रशासनले जनाएको छ । कोरोनाको सङ्क्रमण फैलन नदिने उद्देश्यका साथ निषेधाज्ञा जारी बेला हिजो रातो मच्छिन्द्रनाथको रथ तान्ने विषयलाई लिएर पाटन क्षेत्रमा तनाव भएको...
काठमाडौं । जापानको नारिताबाट नियमिततर्फको पहिलो अन्तर्राष्ट्रिय उडानमा नेपाल वायुसेवा निगमले एक जना ‘अस्पष्ट आरडीटी’ र २ सय १२ जना पीसीआर जाँच गरेका यात्रु मिसाएर ल्याएपछि सबैजनालाई होटल क्वारेन्टाइनमा राख्नुपर्ने परेको छ । नारिताबाट बुधबार राति काठमाडौं आएको उक्त जहाजमा एकजना यात्रुले पीसीआर नगरेको पाएपछि जहाजमा रहेका सबै यात्रुलाई एक साता होटल क्‍वारेन्टाइनमा राखिएको हो । सरकारले आरडीटी र पीसीआर परीक्षण...
- Advertisement -

POPULAR POSTS