बागलुङ । जिल्लाको ढोरपाटन नगरपालिकामा गएराति गएको पहिरोमा बेपत्ता भएकामध्ये ८ जनाको शव फेला परेको छ ।
इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीका अनुसार बाढीले ढोरपाटन नगरपालिकाको वडा नम्बर ५ देखि ९ सम्ममा क्षति पुर्याएको छ। पहिरोमा परि बेपत्ता हुनेको सङ्ख्या ३६ पुगेको छ ।
त्यस्तै ८ जनाको शव फेला परेको छ भने शवको सनाखत हुन सकेको छैन...
Flash News
दीर्घकालीन योजना निर्माण गरी लाग्न सरुवा भएका प्रनाउहरुलाई महानिरीक्षक थापाको निर्देशन
Himaltimes -
काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान तथा नियन्त्रण गर्ने, कोरोना संक्रमण नियन्त्रण व्यवस्थापन, फरार अपराधीहरुको खोजी, सिमा क्षेत्रमा राजश्व चुहावट रोक्ने र सवारी दुर्घटना न्यूनिकरण गर्ने लगायतका प्रहरी कार्यमा दीर्घकालीन योजना निर्माण गरी लागू गर्नुपर्ने बताएका छन् ।
हालै सरुवा भई आफ्नो कार्यक्षेत्रमा जान लागेका प्रहरी नायव उपरीक्षकहरुलाई बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित...
Flash News
गल्ती गरेपछि १ सय ४२ जना यात्रुको होटल क्वारेन्टाइन खर्च एयर अरेबियाले तिर्ने
Himaltimes -
काठमाडौं । गल्ती गरेपछि १ सय ४२ जना यात्रुको होटल क्वारेन्टाइन खर्च एयर अरेबिया तिर्ने भएको छ । एयर अरेबियाले नेपाल सरकारले बनाएको चार्टर उडान नियम उल्लंघन गरेको पाइएको हो ।
यूएईको शारजाहबाट पीसीआर परीक्षण गरेका र नगरेका १ सय ६१ नेपाली यात्रु बोकेर भदौ ९ गते काठमाडौं अवतरण गरेको उडानमा एयर अरेबियाको त्रुटि देखिएको भन्दै संस्कृति ,पर्यटन तथा नागरिक...
पर्वत । कुश्मा नगरपालिका-७ आचार्य चोकस्थित एटु खाजाघरमा तास खेलिरहेको अवस्थामा ७ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त खाजाघरमा तास खेलाएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले २ सय १२ पत्ति तास र २३ हजार १ सय ९० रुपैयाँ नगदसहित उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूलाई जिल्ला प्रशासन कार्यालय कुश्मा पर्वतबाट ५ दिन म्याद थप...
काठमाडौं । रौतहटमा एक हनुमान मन्दिरका पुजारीको गोली हानी हत्या गर्ने अपराधमा संलग्न दुईजनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
देवाही गोनाही नगरपालीका १ करुनियाका ३६ वर्षीय राम नरेशराउत पटेल र २८ वर्षीय बालकुमार पटेललाई प्रदेश २ प्रहरी कार्यालय जनकपुरले बुधबार सार्वजनिक गरेको हो ।
रौतहटको बौधीमाई नगरपालिका ७ स्थित बंकुल एरियाबाट बुधबार बिहान पक्राउ परेका उनीहरूमध्ये रामनरेशले कटुवा पेस्तोल प्रयोग गरी...
Flash News
मलेसियाबाट फर्किएका १३५ यात्रुमा पीसीआर नगरेका यात्रु मिसीएपछि सबैजना होटल क्वारेन्टाइनमा
Himaltimes -
काठमाण्डौ । मालिन्डो एयरलाईन्सको उडान मार्फत मलेसियाबाट नेपाल फर्किएका १३५ यात्रु काठमाण्डौमा होटल क्वारेन्टाइनमा बस्नु परेको छ ।
मलेसियाबाट सेप्टेम्बर २ तारीख मालिन्डो एयरलाईन्स बाट काठमाडौ ओर्लेका यात्रुमध्ये २ पीसिआर रिपोर्ट नभएका र १३ जना पीसिआर रिपोर्ट ७२ घण्टा नाघेको यात्रु मिसिए सँगै १३५ जना यात्रु होटल क्वारेन्टाइनमा अनिवार्य बस्नु पर्ने भएको हो ।
एयरलाईन्स को लापरबाहीले यात्रु मिसिएको भन्दै यात्रुहरुले...
लघुकथा : छोराको माया
सीता रेग्मी
"ए हजुर, यता हेर्नोस् त , बाबु त हाँस्न पो थाल्यो " आफ्नो तीन महिने छोरोसँग रमाईरहेकी श्रीमतीले आफ्नो श्रीमानलाई उत्साहित हुँदै जानकारी गराइन् ।
" ए हो र मेरो छोरो त ठूलो भैसक्यो नि" श्रीमान् पनि मख्ख परे ।
"यता सुन्नोस् न, बाबु तीन महिना पुगिसक्यो । अब अर्को हप्ता देखि त बिदा पनि सकिन्छ ।अफिस...
काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण १ हजार १२० जनामा देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार थप १ हजार १२० नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या १८ हजार १०८ रहेको छ ।
यस्तै १ हजार ११२ जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या...
क्वालालम्पुर । गएको २४ घण्टामा मलेसियामा काेराेनाकाे कारण एकजनाकाे मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ६ जना रहेकाे छ ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२८ रहेकाे छ भने ९ हजार ३६० जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै गएको २४ घण्टामा ४ जना डिस्चार्ज भएपछि ९ हजार ७९ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ...
कास्की । दण्डहिनताविरुद्धको अभियान अन्तर्गत जिल्ला अदालत कास्की तथा जिल्ला प्रशासन कास्कीको फैसलाले विभिन्न मुद्दाहरुमा कैद र जरिवाना सजाय तोकी हालसम्म फरार रही विभिन्न स्थानमा लुकिछिपी बस्दै आएका २८ जना फरार प्रतिवादीहरुलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा स्याङजा कोल्मा घर भई हाल पोखरा महानगरपालिका-२७ बस्ने सरकारी छाप दस्तखत कीर्ते मुद्दामा १ वर्ष कैद र ५० हजार रुपैयाँ...