काठमाडौं । गायक निशान भट्टराई र सोनिका लामाको स्वरमा गीत 'आटो-पिठो' सार्वजनिक भएको छ।
दिपक शर्माको शब्द तथा संगीत रहेको गीतको म्युजिक भिडिओमा नायक पल शाह र नायिका एलिजा गौतमले अभिनय गरेका छन् ।
भिडिओ टेकेन्द्र शाहले निर्देशन तथा सम्पादन गरेका हुन्। यसमा राम कुमार केसीको सिनेमाटोग्राफी छ। भिडिओको प्रस्तुति गम्भीर विष्टको कोरियोग्राफीमा तयार भएको हो।
वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट लागु औषधसहित एकजनालाई पक्राउ गरेको छ । उदयपुर कटारी नगरपालिका-६ बस्ने ३८ वर्षीय जीबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनको साथबाट लागु औषध विनरेक्स ७२ बोत्तल र नाइट्राभेट ट्याब्लेट १०५ पिस फेला परेको प्रहरीले जनाएको छ ।वीरगञ्ज-१३ राधेमाई टोल बस्दै आएका कार्कीलाई सोमबार दिउँसो पौने चार बजे डेराबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जित...
मोरङ । बिराटनगर महानगरपालिका-१७ स्थित सडकबाट करिब १ सय ४६ केजी लागूऔषध गाँजासहित को.२ त ६०५७ नम्बरको ट्रयाक्टर चालक सुनसरी गढी गाउँपालिका-३ बस्ने ३४ वर्षीय सुरेश कुमार मेहता पक्राउ परेका छन् ।
नेपालबाट भारततर्फ जाँदै गरेको उक्त ट्रयाक्टर जाँच गर्दा ट्रयाक्टरको ट्रलीमा फल्सबटम बनाई प्लास्टिकमा प्याक गरी लुकाई राखेको उक्त परिमाणको लागूऔषध सशस्त्र प्रहरी बल नेपाल राजस्व तथा भन्सार सुरक्षा...
काठमाडौँ । करिब चार लाख नेपाली कामदार रहेको कतारले अदक्ष श्रमिकको न्यूनतम तलब एक हजार रियाल (३२ हजार रुपैयाँ) तोकेको छ ।
कतारी अमिर शेख तमिम विन हमाद अल्थानीले आइतबार आप्रवासी श्रमिकबीच भेदभाव नरहने गरी न्यूनतम तलब निर्धारण गर्ने तथा रोजगारदाता परिवर्तन गर्न पाउने कानुन स्वीकृत गरेका हुन् ।
उक्त कानुन कतारको राजपत्रमा प्रकाशन भएको ६ महिनामा कार्यान्वयनमा आउने छ भने यो कानुन...
सुरेन्द्र महतो
बर्दिबास । करिब ५ बर्ष अगाडि देखी नि भारतको जयनगर देखि जनकपुर अनि जनकपुर,बिजलपुरा हुँदै बर्दिबास सम्म रेल चल्ने तयारि भइरहेको छ ।
बर्दिबासमा रेल्वे स्टेसन बनाउनको निमित्त चाहिने जग्गा करिब ७० बिघा जमिन सरकारले ४ बर्ष पहिले नै रोक्का गरिसकेको रहेछ । यी ५ बर्षको अब्धिमा दुईवटा प्रधानमन्त्री ,तिन वटा मन्त्री र पाँच वटा सिडियो फेरियो तर जुन...
समीर मल्ल
काठमाडौ । दार्चुला जिल्लाको दुहु गाउपालिका वडा न. ३ सल्लेखेतिका पहीरो पीडित परिवरलाई सुदूरपश्चिमेलि नेपाली समाज मलेसियाका सल्लाहकार जनक बमको पहलमा जम्मा भएको ३६ हजार ७०० रुपैयाँ आर्थिक सहयोग पठाएको छ।
गत साउन १३ गते बिहान ५ बजे घरको माथिबाट आएको पहिरो बाट एकै परिवारका ४ जना सदस्य मध्ये ५० वर्षिय रामदत्त जोशी र ४५ वर्षिय इन्द्रा जोशीको मृत्यु...
काठमाडौं । सरकारले पेट्रोलको मूल्य बढाएको छ । नेपाल आयल निगमले मंगलबार मध्यरातपछि लागू हुने गरी लिटरमा २ दुई रुपैयाँ मूल्य बढाएको हो ।
अब पेट्रोलको मूल्य लिटरमा १०७ रुपैयाँ पुगेको छ । यद्यपी डिजेल, मटितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने समायोजन गरिएको छैन ।
पछिल्लो समय आज देखि मूल्यमा हेरफेर गरी तेल आएकोले मूल्य बढेको निगमले उल्लेख...
मलेसिया । संघिय लिम्बूवान सामाजिक मञ्च मलेसियाको अाठौं महाधिवेशन सम्पन्न भएको छ । मलेसियाको क्वालालम्पुरमा सम्पन्न मञ्चको अधिबेशनले १९ सदस्य मलेसिया केन्द्रीय समिति पनि पुनर्गठन गरेको हो ।
मञ्चका संस्थापक सदस्य पूर्ण तुम्बापोको प्रमुख आतिथ्यमा सम्पन्न उक्त महाधिवेशन बाट अध्यक्ष नारायण लाओती (खाम्बेक सा लाओती), बरिस्ठउपाध्यक्ष :-पेलिहाङ सावदेन , उपाध्यक्षहरू: मन्डेम मेन्याङ्बो, .बी.किराँती, कुमार लाओती, महासचिव :-शुक्र राज थाम्सुहाङ, उप...
लघुकथा : खोजी
कृष्ण शाह यात्री
केही दिनदेखि मृत्युले उसको खोजी गरिरहेको कुरा उसले थाहा पायो । उसलाई निकै डर लाग्यो । त्यसपछि ऊ मृत्युले भेट्न नसक्ने ठाउँको खोजीमा हिड्यो ।
हिँड्दा हिँड्दै , उसले सुकेर ढल्न लागेको फूलको बिरूवा देख्यो । ऊ रोकियो । उसले बिरूवालाई अडेसा लगाइदियो र पानी पिलायो । बिरुवा तङ्ग्रियो । फूल मुस्कुरायो ।
बाटोमा, उसले तार बेरिनाले...
Flash News
रौतहट हिरासत मृत्यु प्रकरण : यातना दिइएको पाइएपछि तीन प्रहरी कर्मचारी निलम्बन
Himaltimes -
रौतहट । रौतहटको इलाका प्रहरी कार्यालय गरुडाको थुनामा रहँदा मृत्यु भएका अभियुक्तलाई हिरासतमा यातना दिएको पाइएपछि तीन जना प्रहरी कर्मचारी निलम्बनमा परेका छन् ।
प्रारम्भिक छानविनका क्रममा मृत्यु भएका अभियुक्त विजय महरालाई यातना दिएको पाइएपछि रौतहटको गरुडास्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नविनकुमार सिंह, हवल्दार मुन्नाकुमार सिंह र फिरोज मिया निलम्बनमा परेका हुन् ।
घटना सम्बन्धमा गृह मन्त्रालयको निर्देशनमा इलाका प्रशासन...