मलेसिया । प्रवासि नेपाली समन्वय समिति (पीएनसीसी) मलेसियाले मलेसिया स्थित एभरेस्ट किचेनको हलमा अगष्ट २६ तारीख जनचेता र सुचना सम्बन्धि कार्यक्रम तथा सामग्री तयारी अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ ।
बैदेशिक रोजगारीको लागि मलेसियामा रहेका नेपाली श्रमिकहरुले भोग्नु परेको समस्या र त्यसको कारण पहिचान गरि उक्त समस्या समाधान र न्युनिकरणको लागि के कस्ता जनचेतनामुलक कार्यक्रम तथा सामग्रीहरुले गर्न सक्छ भन्ने...
काठमाडौं । रुकुम पश्चिमका एक प्रशासकीय अधिकृतले कमिसन बिना काम नगरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश समिति सदस्य पहलसिङ घर्तीले आरोप लगाएका छन् ।
संस्कृति तथा पर्यटन विकास केन्द्र नेपाल रुकुमका अध्यक्ष समेत रहेका घर्तीले फेसबुकमा लामो स्टाटस लेख्दै रुकुम पश्चिमकै सानीभेरि गाउँपालिकाका र हाल सोहि जिल्लाको त्रिवेणी गाउँपालिकाको प्रशासकीय अधिकृतको रुपमा रहेका दिपेन्द्र रावलले ३५ प्रतिशत कमिसन...
नवलपरासी(पूर्व) । गैंडाकोट नगरपालिका-२ मौलाकालिका गेट नजिकबाट नियन्त्रित लागूऔषध २ एम्पुल नुर्फिन, २ एम्पुल फेनारागन र २ एम्पुल डाइजेपाम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा चितवन कालिका नगरपालिका-९ बस्ने २३ वर्षीय सुवास श्रेष्ठ र भरतपुर महानगरपालिका-२ बस्ने २६ वर्षीय ध्रुव श्रेष्ठ रहेका छन् ।
ईलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीले जाँच गर्दा उनीहरुको साथबाट उक्त...
काठमाडौं । विराटनगर स्थित नोबेल शिक्षण अस्पतालका नर्स हरूले सामुहिक राजीनामा दिएका छन् । त्यहा कार्यरत ५५ जना नर्सले राजिनामा दिएका हुन् ।
उनी हरूले कोरोना महामारीको समयमा मेडिकल कलेजले व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्रीको प्रबन्ध नगरेको, पारिश्रमिक नियमित रूपमा उपलब्ध नगराएकोले सामूहिक राजीनामा दिन बाध्य भएको एक नर्सले बताइन् ।
यद्यपी मेडिकल कलेजका प्रशासन प्रमुख नारायणप्रसाद दाहालले स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराइएको दाबी...
काठमाडौं । झापामा सशस्त्र प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको झापा गाउँपालिकामा गोरूकाटेको विषयमा स्थानीय र प्रहरीबीच झडप हुँदा ३८ वर्षिय रसिकुल आलमको मृत्यु भएको हो ।
मुसलमान धर्माबलम्बीको बाहुल्य रहेको झापा गाउँपालिका– ३ कामाटोलीमा बुधबार दिउसो स्थानीयबासी र प्रहरीबीच झडप भएको थियो । झडप भएपछि थप मद्दतका लागि गएको सशस्त्र प्रहरी टोलीले गोली चलाउदा आलम...
काठमाडौं । काठमाडौंको बुढानिलकण्ठमा गाई काटेको आरोपमा एकजना पक्राउ ।
बुढानिलकण्ठ नगरपालिका-१३ चुनिखेल बस्ने शंखुवासभा भोटखोला गाउँपालिका-३ हटिया घर भएका ३२ वर्षीय छेन्डुक भोटेलाई गाई काटेको अभियोगमा बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
बुढानिलकण्ठ नगरपालिका-११ र १३ को सिमाना चुनीखेलस्थित च्याने खोलामा छेन्डुकले गाई काटेको बताएको छ । गाईकाटि सकेर खोलामा फाल्ने क्रममा स्थानीयहरुले फेला पारेपछि प्रहरीलाई खबर गरे पश्चात...
लघुकथा : एक
अनन्त राज उपाध्याय
डा. जीवनको मनमा कोरोनाको कारणले रोगग्रस्त भई छिटो मरिन्छ भन्ने ठूलो डरले घर गर्यो । उस्ले मैले यस संसारलाई छोडी सन्यासीहरुसंग मिसिन गए भने फोहोरी समाजबाट उस्लाई कोरोना सर्ने डर भएन् । अनि खाने र बस्ने गतिलो प्रबन्ध पनि भो भन्ने सोंची एउटा मठमा ऊ शरण लिन पुग्यो ।
त्यहॉको मुख्य महात्मालाई उस्ले साष्टांग दण्डवत गरेपछि...
काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले सम्धी डा. उपेन्द्र कोइरालाको पछिल्लो नियुक्तिमा आफ्नो नाम जोडिएकोमा आपत्ति जनाएका छन् ।
रक्षामन्त्री पोखरेलले बुधबार सामाजिक सञ्जालबाट विज्ञप्ति जारी गर्दै आफ्नो नातेदारले आफूसँगको सम्बन्ध दुरुपयोग गरेर लाभ लिएको वा पद पाएको भन्ने सूचना सही नभएको उनले विज्ञप्तिमा दावी गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ,"काम विधिसम्मत, पारदर्शितासहित र संस्थागत निर्णय प्रक्रियाका आधारमा मात्रै भएका...
काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ८ सय ८५ जनामा देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार थप ८ सय ८५ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या १४ हजार ७३९ रहेको छ ।
यस्तै ३८५ जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या १९ हजार...
रुपन्देही । तिलोत्तमा नगरपालिका-३ सिताराईस मिलस्थित सडकमा लु.२६ प १४५५ नम्बरको स्कुटर अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा स्कुटर चालक सोही नगरपालिका-२ शंकरनगर बस्ने ४० वर्षीय शंकर कार्कीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन हस्पिटल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।