मलेसियामा बेपत्ता भोजपुरका राजु तामाङको खोजी गरि नेपाल पठाइयो

everest kitchen
राजु  तामाङ

काठमाडौं । मलेसियामा बेपत्ता भएका भोजपुरको राम प्रसाद राई गाउँपालिका -५ का ३० बर्षका राजु तामाङलाई खोजी गरि नेपाल पठाईएको छ । हाल पोखरामा बसोबास गर्दै आएका ३० बर्षीय राजु जनवरी ९ देखि सम्पर्क बिहिन भएको ४८ दिनपछि घाइते अवस्थामा मलेसियाको एक अस्पतालमा फेला परेका थिए ।

करिब ७ वर्षअघि रोजगारीको लागि मलेसिया पुगेका राजु गत जनवरी ९ देखि एक्कासि सम्पर्क बिहिन भएपछि उनका दाजु तिलोचन तामाङ(श्याम लामा)ले दिएको जानकारी अनुसार हिमाल टाईम्स समाचार प्रकाशन भएको थियो । तामाङ दुर्घटनामा परेर अस्पताल भर्ना भएको थाहा पाएपछि मलेसिया स्थित नेपालीहरुले सहयोग गरेर स्वदेश फर्काएका छन् ।

उनलाई नेपाल पठाउन एनआरएन मलेसिया, तामाङ घेदुङ मलेसिया लगायतका संघ-संस्था र अन्य व्यक्तिहरु विभिन्न सहयोग गरेका थिए । तामाङलाई स्वदेश फर्काउनक‍ लागि आवश्यक हवाई टिकट तथा पिसीआर परिक्षण एनआरएन मलेसियाका अध्यक्ष हरि भट्टराईले गरेका थिए भने एनआरएन मलेसिया सल्लाहकार योगेन्द्र कुवर आरएम-१६९३ बराबरको अस्पताल खर्च र तामाङ घेदुङ मलेसियाले आरएम-८०० तथा नीचिया मलेसिया कम्पनीमा कार्यरत कामदारहरुले आरएम-१४८९ नगद सहयोग गरेका थिए ।

त्यस्तै, सन्जु लामा-२००, छियाङ्बा तामाङ-१००, अंकित राई -५०, दिनेश बिस्ट -१००, भक्तीराम पौडेल-१००, राम तामाङ -१००, रत्न तामाङ -१००, सुजन मगर -१००, दिलिप पुरुस-१००, पुर्न कार्की -१००, मिना चाम्लिङ-२००, रबिन तामाङ्ग -१००, बेद्नाथ भुजेल -५०, रामलाल तामाङ-१००, राधे श्याम -५० मलेसियन रिङ्गेट सहयोग गरेका थिए ।

यस्तै, राजेन्द्र बोगटी-५० , अमर तामाङ -५०, देबराज कार्की -२००, निर्दोश खगेन्द्र -२००, रमेश सुवेदी -१५०, तामाङ्ग हरु रुम्बा-१००, दिपाल राई-५० र असालाम अहमद (पाकिस्तान)-२०० मलेसियन रिङगेट सहयोग गरेका थिए ।