समाचार प्रभाव : मलेसियाको पार्कमा अलपत्र सविनाको परिवार सम्पर्कमा, उद्धार प्रक्रिया सुरु

everest kitchen


सपना वस्याल
मलेशिया ।“मलेशियाको पार्क छाप्रोमा अलपत्र नेपाली आमाछोरा ! उद्दार पहलमा सहयोगको अपिल ’ नामक समाचार सम्प्रेषण पछि सविनाको परिवार र गाउँलेहरु सम्पर्कमा आएका छन् ।

गत अगष्ट २० मा हिमालटाईम्सले सविना र उनको छोराको अवस्थावारे मिडियामा अवगत गराई परीवार र आफन्तजनलाई अगाडि आउन आब्हान गरेको थियो । समाचार व्यापक रुपमा प्रचार प्रसार भएपछि सविनाको दिदीको छोरीहरु, उनको आफ्नै छोरी, (पहिलेको विवाहको तर्फबाटको भान्जी जो मलेशियामा नै रहेका छिन्) लगायतका व्यक्तिहरुले फोनमा कुरा भएको जानकारी गैरआवासीय नेपाली संघ, मलेशियाकी महिला उपाध्यक्ष शुभद्रा कुमारी लिम्बुले हिमालटाइम्सलाई बताएकी छिन् ।

banner ad
advertise
Add
advertise

त्यसैगरी सविनालाई चिन्ने र केहि समय देखि उहाँलाई सहयोग गर्न पहल गरीरहेका, ओखलढुङ्गा एकता सेवा समाज मलेशियाका अध्यक्ष हिरालाल दयाल र उपाध्यक्ष सुरेन्द्र श्रेष्ठले पनि गैरआवासीय नेपाली संघ, मलेशियाकी महिला उपाध्यक्ष शुभद्रा कुमारी लिम्बुलाई सम्पर्क गरी उद्दार पहल गर्ने कार्यमा पुर्ण रुपले सघाई रहेकाे कुरा लिम्बुले वताईन ।

ओखलढुङ्गा एकता सेवा समाज मलेशियाका पदाघिकारीहरुले लिम्बुलाई वताए अनुसार केही समयदेखि सविनालाई सहयोग गर्न निकै पहल गरको तर सविनालाई सम्झाउन कठिन भएकोले प्रयास असफल भएको थियो ।

उपाध्यक्ष लिम्बु भन्छिन् , “हुनसक्छ म एउटा महिला भएको कारणले सविनाले मेरो सहयोग पहललाई इन्कार गर्नुभएको छैन, महिला भएकोले म बुझ्न सक्छु भनेर सविनालाई सम्झाए पछि म संग राम्रै व्यवहार गरीरहनु भएको छ । मैले नियमित रुपमा भेटेर आवश्यक सामाग्री जुटाईरहेको छु । तर पनि अझै मसंग अर्को ठाउँमा जानलाई मानिरहनु भएको छैन ।

जिवनको यस्तो अवस्थामा धेरै कुरा सम्झन नसके पनि उहाँले आफ्नो मातृत्व र वात्सल्यले छोरालाई खोकिलामा च्यापी राख्नु भएको छ । यो देखेर मेरो मन आत्मा रुन्छ । त्यसैले यो अवस्थामा उहाँको वारेमा विभिन्न टिका टिप्पणी र गालि गलौज नगरी मानवताको नाताले सहयोग गरीदिनुहोला, लिम्बूले अनुरोध गरिन

त्यस्तै  सविनाको गाउँका जन प्रतिनिधीहरु ओखलढुङ्गा मोलुङका गाँउपालिका वडा नं ८ का वडा अध्यक्ष हरिकुमार राई र वडा नं. ७ का वडा अध्यक्ष, हेम बहादुर सुनुवारले पनि फोन मार्फत लिम्बुसंग कुराकानी गरी सविनालाई घर फर्काउँन आवश्यक चाहिने कागतपत्र जुटाईदिने प्रतिवद्दता व्यक्त गरि सकेका छन्  ।

ओखलढुङ्गा एकता सेवा समाज मलेशियाबाट सविनाको परिचय पत्र प्राप्त भएको र सविनाले दिएको सबै विवरण साँचो भएकोे समाजका उपाध्यक्ष सुरेन्द्र श्रेष्ठले पुष्टि गरेका छन् ।

सविनालाई उद्दार गर्ने सिलसिलामा मलेशियास्थित नेपाली दुतावासलाई हिमालटाइम्सले सम्पर्क गरेको थियो । सविना र उनको छोरालाई सकुशल घर फर्काउन दुतावासबाट गर्नुपर्ने सम्पुर्ण कुटनैतिक प्रकृयामा सहयोग गर्ने कुरा दूतावासका कर्मचारीले यसअघि नै बताईसकेका छन् ।

सविनालाई उद्दारको निम्ति कटिबद्द लिम्बू भन्छिन “सविनालाई स्थानियहरुको सहयोगमा डाक्टरलाई उहाँ भएकै ठाउँमा लगेर जाच्ने काम पनि भई सकेको छ अब उहाँलाई छिट्टै उपचारको प्रकृया पनि थालिने छ । यो प्रकृया चुनौतिपूर्ण छ । उद्दार कार्यमा खर्च धेरै नै हुन्छ किनभने कागपत्र र भिसा दुबै नभएको अवस्था छ ।

साथै नेपाल फर्कन यात्रा अनुमति पत्रको लागि १५०, अध्यागमन विभागमा जरीवाना प्रतिव्यक्ति ३१००, जहाज भाडा प्रतिव्यक्ति १५९०, पिसिआर टेष्ट ३५० प्रतिव्यक्ति र उपचार खर्चसहित सबिनालाई केहि आर्थिक आवश्यक पर्ने भएकोले मलेसियामा रहेका नेपालीहरुमा सहयोगी लिम्बूले सहयोगीको लागि अपिल गरेकी छिन्  ।                                                            यसअघि प्रकाशित सामाग्री :   

 मलेसियाको खुला पार्कको छाप्रोमा अलपत्र नेपाली आमा छोरा ! उद्धारको लागि अपिल