मलेसियामा निधन भएका छेदु मण्डलको परिवारलाई “हेल्प मधेसी जोहर”को आर्थिक सहयोग

everest kitchen

सुरेन्द्र महतो

मलेसिया । मलेसियामा निधन भएका छेदु मण्डलको परिवारलाई “हेल्प मधेसी जोहर” मलेसियाले आर्थिक सहयोग गरेको छ । संस्थाले मण्डललाई २८ हजार १५१ रुपैयाँ नगद रकम सहयोग गरेको हो ।

मृतक मण्डलको परिवारको आर्थिक अवस्था निकै नै कम्जोर भएको जानकारीपछि आर्थिक सहयोगको अपिलसहित “हिमाल टाईम्स”मामलेसियामा निधन भएका छेदु मण्डलको परिवारलाई आर्थिक सहयोगको खाचो नामक शिर्षकमा समाचार प्रकाशि भएको थियो ।

धनुषाको धनुषा धाम नगरपालिका-९ स्थायी घर भएका छेदु मण्डलको आइतबार मलेसियामा उपचारको क्रममा निधन भएको हो । फेब्रुअरी १९ मा स्वास्थ्य समस्या आएपछि स्थानीय एक अस्पतालमा भर्ना भएका थिए । उनको उपचारको क्रममा निधन भएसंगै शव नेपाल पठाउने बारे कम्पनीले तयारी गरेपनि बिमा लगायतको क्षतिपूर्ति बारे कम्पनीले चासो नदेखाएपछि हेल्प मधेसी मलेसिया जोहोरका सचीव प्रदिप कुमार साहले संस्थामा जानकारी दिएपछि संस्थाले अध्यक्ष सुरेन्द्र महतोको नेतृत्वमा शव नेपाल पठाउने पहल गरि मण्डलको शव नेपाल पठाईएको थियो ।

मण्डल आजभन्दा करिब ४ बर्ष पहिले काठमाडौंको बेबी एन्जल मेनपावरबाट रोजगारीको लागि मलेसियाको राजधानी क्वालालम्पुर नजिकै काजाङ स्थित वाईएचएल होल्डिङस कम्पनीमा आएका थिए ।

“सेबा नै धर्म हो” भन्ने मुलमन्त्र मान्दै , सामाजिक उदेश्यहरु प्रती काम गर्दै आइरहेको उक्त संस्थाले देश तथा बिदेशमा रहेका समस्यामा परेका, अशाय, विपन्न, बिरामीहरुलाई विभिन्न खाले आवश्यक सहयोग गर्दै आएको बताउदै हरेक क्रियाकलापमा प्रत्येक्ष अप्रत्यक्ष सहयोग गर्ने सम्पुर्णमा अध्यक्ष महतोले धन्यवाद दिए ।